करिश्माको तारिफ गरेर नथाक्ने शिव श्रेष्ठले किन बनाए आफ्नै छोरालाई हिरो ? (हेर्नुस् यो भिडियो)

काठमाडौं– फिल्म क्षेत्रमा नातावाद र कृपावादको चर्चा चलिरहेका बेला अभिनेता शिव श्रेष्ठ र अभिनेत्री करिष्मा मानन्धरले आफ्ना सन्तानलाई अभिनयमा प्रवेश गराएकी छिन् । शिवले निर्माण गरेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’मा शिवका छोरा शक्ति श्रेष्ठ र करिष्माकी छोरी कविता मानन्धरले जोडी बाँधेर स्क्रिन सेयर गरेका छन् ।

स्टारहरु किन आफ्ना सन्तानलाई कलाकार बनाउन आवश्यक ठान्छन् ? आफ्नो छोरालाई सहकर्मी भुवन केसीका छोरा अनमोल केसीसँग तुलना गर्दा कस्तो लाग्छ ? अभिनेता श्रेष्ठले मिडियोसँगको कुराकानीमा यसको जवाफ दिएका छन् । इन्टरभ्यूका क्रममा उनले करिष्मालाई ‘ड्रिम गर्ल’ भन्दै तारिफ गर्नसमेत भ्याए ।

बाँकी के–के भने, आफै हेर्नुस् यो रमाइलो भिडियो अन्तर्वाता |