४५औं राष्ट्रिय मेलमिलाप दिवसको अबसरमा गौरादहमा बिचार गोस्ठी सम्पन्न , युबा संघका नगर सहसचिब काङ्ग्रेसमा प्रबेस

युबराज रेग्मी , गाैरादह १६, पुस/

नेपाली कांग्रेस गाैरादह नगर समितिद्वारा आयाेजित ४५औं राष्ट्रिय मेलमिलाप तथा एकता दिवसकाे अवसरमा आज बिहिबार एक दिने विचार गाेष्ठी भब्यताका साथ सम्पन्न भएको छ ।

नेपाली कांग्रेस झापा पुर्व जिल्ला सभापति पुर्णानन्द शर्माकाे प्रमुख आतिथ्यतामा आयोजित विचार गाेष्ठीमा अधिकांश बक्ताहरूले प्रजातान्त्रिक समाजवाद स्थापना गर्न नेपाली कांग्रेसका नेताहरूले दिएकाे याेगदानका विषयमा चर्चा गरे ।

मेलमिलापकाे माध्यमबाट राष्ट्रिय एकता जाेगाउन नेपाली कांग्रेसले खेलेकाे भुमिकाे प्रशंसा गर्दै वत्ताहरूले महामानव वि.पी. काेईरालाले २०३३ साल पुस १६ गते अाफ्नाे ज्यानलाई दाउमा राखेर देश जाेगाउन अपनाएको राष्ट्रिय मेलमिलापकाे नीति एेतिहासिक एवं साहसिक निर्णय भएकाे बताए।

वि.पी. काेईरालाले तत्कालीन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिकाे आकलन गरि राष्ट्रिय मेलमिलापकाे नीतिलिदा भारतले दरबारलाई अाफ्नाे अनुकुल परिचालन गर्न नसकेकाे स्मरण गराउदै त्यहि नीतिले अाजसम्म हामी सार्वभाैम सम्पन्न मुलुकका नागरिकका रूपमा बाच्न पाएकाे कार्यक्रमका बक्ता हरुले स्मरण गराएका थिए । वि.पी.ले लिएकाे राष्ट्रिय मेलमिलापकाे नीति अझै पनि उतिकै सान्दर्भिक भएकाे बताउदै राष्ट्रिय हितका लागि पार्टीकाे नेतृत्व एकअापसमा मिल्नुपर्ने जिकिर गरेका थिए ।
बर्तमान सन्दर्भमा दुई तिहाईकाे अाेली सरकारले संसद विघटन गरि मुलुकमा अस्थिरता ल्याउन खाेजेकाे आराेप लगाउदै उनीहरूले अाेली सरकारकाे असंवैधानिक कदमकाे विरूद्वमा नेपाली कांग्रेस एक ढिक्का भइ अघि बढ्नुपर्ने बताए ।

अब ओलि सरकारले संसद पुनर्स्थापन गर्नुवाहेक अरू कुनै विकल्प नरहेकाे बताउँदै अाेली सरकारले देशलाई संकटमा पार्न दुत्साहस गरेको जिकिर गरे । गाैरादह नगर सभापति यादवराज सेढाईकाे सभापतित्वमा आयोजित विचार गाेष्ठीमा नगर समितिकाे तर्फबाट सभापतीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा महासमिति सदस्य फुलवती राजवंशी , प्रदेश ‘ख’ का उम्मेदवार राजन ढुंगाना, महासमिति सदस्य शेर बहादुर भट्टराई, प्रदेश ‘क’ का उम्मेदवार तथा महासमिति सदस्य अनिलकृष्ण प्रसाईं, महासमिति सदस्य तथा गाैरादह नगरपालिका नगरप्रमुख राेहित कुमार साह, क्षेत्रिय सभापति ढुण्डीराज भण्डारी लगायतले आफ्ना बिचार राखेका थिए ।

कार्यक्रममा क्षेत्र नं. ५ नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताकाे उल्लेख्य उपस्थिति रहेको थियाे । साथै मेलमिलाप दिवसको अबसर पारेर आयोजित कार्यक्रममा युवा संघ गौरादहका सहसचिव दिपक सुवेदीले युवा संघ परित्याग गरि नेपाली कांग्रेस पार्टी प्रवेश गरेका थिए । सुबेदिलाई नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले खादा तथा अबिरले स्वागत गर्दै पार्टीको सदस्यता प्रदान गरेका थिए ।