प्रचण्ड–माधवसंग बहुमत रहेको ओलीको भनाई, नेकपाको सबै बैंक् खाता रोक्का हुदै, अब के हुन्छ ? हेर्नुहोस पुस १६ गतेका मुख्य समाचारहरु

कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको पक्षमा बहुमत रहेको स्वीकार गरेका छन् ।

बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आफ्नो समूहका सुदूरपश्चिम प्रदेशका कार्यकर्ता सम्बोधन गर्दै ओलीले आफू अल्पमतमा रहेको स्वीकारेका हुन् । प्रचण्ड र माधव नेपालमाथि एकपछि अर्को आरोप लगाउने क्रममा ओलीले बहुमतको दुरुपयोग भएको बताए । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैंक खाता रोक्का गर्न आग्रह गर्दै पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले बैंकहरुमा पत्राचार गरेका छन् ।

पार्टीभित्र विवाद रहेको र सम्पत्तिमा कसको हक लाग्ने भन्ने यकिन नभएको भन्दै उनीहरुले नेकपाको खाता रहेका बैंकहरुमा इमेलमार्फत पत्र पठाएका छन् । पुस १२ गतेको मिति उल्लेख भएको पत्र बुधबार बैंकहरुमा पुगेको छ । हेर्नुहोस पुस १६ गतेका मुख्य समाचारहरु :