विद्यार्थीहरुले केपी ओली स्वाहा, लोकतन्त्र स्वाहा भन्दै यस्तो गरे, पाथीभरा मन्दिर जोगाउन हेलीकप्टरबाट आगो निभाइदै, हेर्नुहोस पुस १४ गतेका मुख्य समाचारहरु

संसद विघटनको विरोधमा विद्यार्थीहरूले काठमाडौंमा ‘स्वाहा’ कार्यक्रम आयोजना गरेका छन् ।

प्रतिनिधिसभा पुनर्स्थापनाको माग राखेर आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षधर अनेरास्ववियू वाल्मिकी क्वाम्पस समितिले सोमबार व्यंग्यात्मक कार्यक्रम आयोजना गरेका हुन ।

संसद विघटनले प्रतिगमन फर्काएको भन्दै विद्यार्थीहरूले ‘केपी ओली स्वाहा, लोकतन्त्र स्वाहा, बयलगाठा स्वाहा, मूल्य–मान्यता स्वाहा, रेल स्वाहा, गणतन्त्र स्वाहा, जनजीविका स्वाहा, ललिता निवासको जग्गा स्वाहा, विधिको शासन स्वाहा’ भनेर व्यंग्य गरेका हुन् ।

ताप्लेजुङको चर्चित मन्दिर क्षेत्र पाथिभरामा आगोलागी जारी छ । आगोलागी नियन्त्रणमा लिन हेलिकोप्टरबाट आगोलागी नियन्त्रणको प्रयास गरिएको छ । सिम्रिक एयरको हेलिकोप्टरमार्फत पानी लगेर पाथिभरा क्षेत्रमा आगो निभाउने प्रयास भएको हो ।

ताप्लेजुङको फुङलिङ नगरपालिकाका उपमेयर बमबहादुर भट्टराईका अनुसार जंगलमा पानीको स्रोत नभएको र आगो पाथिभरा मन्दिर क्षेत्रतर्फ अगाडि बढेपछि हेलिकोप्टर मगाएर पानी खन्याउने निर्णय भएको उनले जानकारी दिए । हेर्नुहोस पुस १४ गतेका मुख्य समाचारहरु :