देशका बिकाशका बाधक। देशको गणतान्त्रिक संसद विघटन ! तितो सत्थ सार्थक यथार्थ ?

जेरी ताम्राकार आफ्नो फेसबुक सामाजिक संजालमा लेख्नु हुन्छ !
देशका बिकाशका बाधक। देशको गणतान्त्रिक संसद विघटन ! तितो सत्थ सार्थक यथार्थ ? प्रधानमन्त्रीको बाध्यता थियो कि विदेशी हस्तक्षेप देशको अश्मिताको अहम प्रश्न? यो राजनीति परिस्थिति र संसद विघटन र नयाँ जनादेश किन र के का लागि ! संविधान विपरीत कदम कि विदेशी दलालहरूको दमन ! आऊ ! यसवारे वहस गरौ।

देशको संविधान अनुसार यो कदम गैह्र संवैधानिक कदम हो। यसमा सत्य र सार्थक मान्नु पर्छ। देशको संविधानतः प्रधानमन्त्रीलाई अविस्वासको प्रस्ताव आएमा र नयाँ प्रधानमन्त्रीलेपनि पुर्ण बहुमत ल्याउन नसकेमा नयाँ जनादेशमा जान राष्ट्रपतिले वहालवाला प्रधानमन्त्रीले संसद विघटन गर्ने सक्छन यसमा संविधानका धारा उपधाराहरू कृयाशील हुन र नहुन पनि सक्छन। देशमा ७ बटा संविधान नेपालमा जारी भएका छन। नेपालमा जारी गरिएका संविधान जनमुखी र देशमुखी थिए त किन पटक पटक संविधान नेपालमा परिवर्तन भए ? यति हुँदाहुदै पनि देशमा नेपाली जनताले चाहेको जनताको शासन, जनमुखी प्रशासन राज्य शक्तिको श्रोत जनता, सार्वभौमसत्ता सम्पन्न जनता भए त !

संविधाननत: प्रत्याभूति सर्वशक्तिमान जनताले गर्न पाए त ! अब यहाँ एउटा जटिल र राष्ट्रिय प्रश्न मुलुक र माटोसंग गाँसिएको छ र चुरो कुरो र घटनाको वास्तविक विश्लेषण हुन सकेन नेकपा फुट्यो यथास्थानमा पुगे। के देशको प्रधानमन्त्रीले गर्नै नहुने काम गरे त ! हो प्रधानमन्त्रीलेपनि चुकेका छन समयको कालखन्डमा प्रधानमन्त्रीले भ्रष्टाचारी? लाई कारवाही गर्न सकेनन जनताको सम्मान र जन आवाजलाई सम्मान गर्न सकेनन! उनका गल्ती कमजोरी धेरै छन तर राष्ट्रियताका सवालमा यो बहस हो ! देश जन नागरिकको स्वार्थ केन्द्रीत राजनीति हुनु पर्छ व्यक्ति केन्द्रीत राजनीतिले जन्माएको प्रश्न ! स्वास्थ सुरक्षा र जनततको गाँस, बाँस,कपास, शिक्षा र स्वास्थमा चुकेका छन, अोम्नी र भानुभक्त ढकाल भ्रष्टाचार प्रकरणमा उदासीनता देखाए, गोकुल बास्कोटा र बिष्णु पौडेललाई काखी च्यापेकै हुन यसका वावजुदपनि सवाल होदेशको र समस्त देशबाशी को माटो संग गाँसिएको प्रश्न हो !

देश ठुलो कि संविधान यो अहम प्रश्न राख्छ ! मुलुककालागि ! हामीले वर्तमान प्रधानमन्त्रीको प्रसंशा र व्याख्या र बखान गरिरहेका हैनौ। वास्तविक यो हो प्रधानमन्त्री खडग प्रसाद अोली जब प्रधानमन्त्री भए बहुमतको सरकार बन्यो! उनले देशको बिकाश भन्दापनि आ आ फ्नै घर पार्टी मिलाउन र व्यवस्थापन गर्न र हरेक किचोलाहरू मिलाउन समय खर्चेका हुन ! नाकबन्दीमा देखाएको राष्ट्रभाव र भारतीय सरकारले कालापानी , लिम्पियाधुरा र लिपुलेक आफ्नो प्रशासनिक र राजनीतिक नक्शामा विधिवत राख्यो तत्पश्चात देशमा चर्को आन्दोलन भयो। नेपाली जनताले नेपालको उक्त भू भाग फिर्ता गर्न देशभरि नै आन्दोलन छेडे। फलस्वरूप वर्तमान प्रधानमन्त्रीले नै उल्लेखित भू- भाग नेपालका हुन भारतका होइनन भनी नेपालको संविधानमा राख्ने काम भयो त्यस समयपनि राष्ट्रियता र राष्ट्रको अखन्डताको सवालमा प्रधानमन्त्रीलाई व्यापक जन समर्थन रह्यो । उनले भारतीय ईशारा अनुसार काम नगर्दा तत्कालीन अवश्थामा के.पी. ओलीलाई हटाउन र प्रचण्ड र माधव कुमार ,बाबुराम र झलनाथ खनाललाई ठुलो रकमको लोभ दिएर नेपाल मै बसी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सल्लाह र भारतीय जासुसी संस्था “रअ “का प्रमुख सहितको १४ जनाको टिम काठमाडौंका पाँचतारे होटलमा बसी प्रधानमन्त्री अोलीलाई हटाउन ठुलो अभ्यास गर्यो परिणाम !!

देशको सवालमा, राष्ट्रियताको सवालमा भारतले नेपालको प्रधानमन्त्रीलाई हटाउने रणनीति नेपालको जासुसी संस्था राष्ट्रिय अनुसन्धान विभागको रिपोर्ट र स्वयं प्रधानमन्त्रीको अभिव्यक्ति समेत बाहिरीए पछि सारा जनताले साथ दिए र प्रधानमन्त्री कुर्सी जनताले नै जोगाएका हुन यसतो सवालमा जनतालाई धन्यवाद सम्म दिन प्रधानमन्त्रीले बिर्से ? यसरी पटक पटक देशका देशका नेता, पुष्प कमल दाहाल प्रचण्ड , वरिष्ठ नेता माधवकुमार नेपाल , झलनाथ खनाल, डाँ.बाबुराम भट्टराई र प्रतिपक्ष नेता शेर बहादुर देउवा लगायत उपेन्द्र यादव लगायतका उच्च नेताहरू भारतीय डिजाइनमा सधैव परिचालित भए र प्रधानमन्त्रीलाई अाफ्नै पार्टीका विगतमा प्रधानमन्त्री समेत भएका ५ भाईले ध्वस्त पार्ने शकुनीको पासा विदेशीको ईशारामा फाल्दै गए।

जसका कारण प्रधानमन्त्रीले परिणाममुखी काम गर्न पाएनन सत्ता व्यवस्थापनकालागि गोकर्ण बिष्ट र लाल बाबू पन्डितलाई सक्षम र सबल मन्त्रीलाई अयोग्य भनी निकाले भने भ्रष्ट मन्त्री विना मगरलाई निरन्तरता दिए किन प्रचण्डको दवावमा, प्रचण्डका भाईलाई अष्ट्रेलियाको राजदूत बनाए प्रचण्डलाई मिलाउन, शेर बहादुर देउवाको सासू अामालाई जापानको राजदूत नियुक्ति गरे किन प्रतिपक्षलाई मिलाउन, ईश्वर पोख्रेलका सम्धीलाई राष्ट्रिय बाणिज्य बैकको अध्यक्ष बनाए राजनीति मिलाउन अाफ्नो भागमा अाफ्नै साला हृदयन्द्र शाक्यलाई लाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाए यो मामिलामा प्रधानमन्त्री चुकेका हुन र करोडौं जनाताले चाहेको कुलमानलाई सम्मान गर्न सकेनन यसमा पनि भागबन्डा नै कारक बिषय बन्यो!

यसमा वास्तविक अर्थपुर्ण सवाल हो संवैधानिक अायोगमा भागवन्डाको नियुक्ति ! अाज यो घटनाको घटनाक्रम अख्तियार दुरुपयोग अनुसन्धान अायोगसंग जोडिएको छ। देशका कर्मठ ईमानदार पुर्व गृह सचिव प्रेम कुमार राईलाई प्रधानमन्त्री अख्तियार प्रमुख बनाए अब त हाम्रा भ्रष्टाचारका फायलपनि खोलिने भए किनकि नेपाल कै ईतिहासमा राई कट्टर भ्रष्टाचार ी कसैलाई पनि नछाडने पात्रहुन ! प्रचण्ड ज्यूको अनकुल मानिस नियुक्ति भएन जसका कारणपनि यो रूष्टता र धृष्टता भएको समेत समयगत तहकिकात थप अनुसन्धान गरेका छौ !! यसता दर्जनौं कमी कमजोरी छन। हालैको घटनाक्रममा भारतीय डिजाइनमा फेरि राष्ट्रघाती खेल खेल्न भारतले अाफनो अनकुल देशका नेता पुष्प कमल दहाल प्रचण्ड , माधव कुमार नेपाल र झलनाथ खनाललाई लालीपप देखाएर भारत कै ” रअ” कै निर्देशनमा प्रचण्ड प्रधानमन्त्री ,माधवकुमार नेपाल पार्टी अध्यक्ष र झलनाथ खनाललाई राष्ट्रपति ।