पोखरामा प्रहरीको लाठी प्रहार ,आन्दोलनकारी तथा प्रहरीबीच झडप हुँदा पोखरा तनावग्रस्त बन्यो (भिडियो सहित )

पोखराको मुख्य बजार महेन्द्रपुलमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध प्रदर्शनका क्रममा प्रहरी तथा आन्दोलनकारीबीच झडप भएको छ । संसद विघटनको विरुद्ध प्रचण्ड–नेपाल समुहले गरेको विरोध प्रर्दशनका क्रममा पोखराको महेन्द्रपुल तनावग्रस्त बनेको छ ।प्रधानमन्त्री केपी शर्मा ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाउने क्रममा प्रहरी तथा आन्दोलनकारीबीच झडप भएको हो ।आन्दोलनकारीले प्रधानमन्त्री ओली तथा राष्ट्रपति भण्डारीको पुत्लालाई बयलगाडामा सडकमा गुडाएका थिए । सो क्रममा प्रहरी तथा आन्दोलनकारीबीच पुत्ला खोसाखोस भएको थियो ।