नेकपा फुट्यो ! अब सुर्य चिन्ह कुन समुहलाई दिन्छ निर्वाचन आयोगले ? हेर्नुहोस पुस ८ गतेका मुख्य समाचारहरु

नेपालमा कम्युनिष्ट आन्दोलनको ५७ वर्ष लामो टुटफुट र बिग्रहको बाटो सच्याउने गरी २०७५ मा जेठ ३ मा दुई ठूला वाम घटक (नेकपा एमाले र माओवादी केन्द्र) बीच भएको एकीकरण २९ महिना पनि टिक्न सकेन । अन्ततः पार्टी एकता प्रक्रिया नै नटुंगिँदै मंगलबारदेखि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई टुक्रामा विभाजित भएको छ ।

विभाजनसँगै एउटा पार्टीको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले लिएका छन् भने अर्का पार्टीको नेतृत्व पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले संयुक्त रुपमा लिएका छन् ।

पार्टी एकताकै बलमा २०७४ को निर्वाचनबाट प्रचण्ड बहुमत पाएको नेकपा अब औपचारिकरुपमै विभाजित हुन पुगेको छ । पार्टी फुटेपछि स्वाभाविकरुपमा दुबै समूहले नाम, चुनाव चिह्न र झण्डा आदिमा आफ्नो दाबी प्रस्तुत गरेका छन् । र, अब यसको टुंगो लगाउने जिम्मेवारी निर्वाचन आयोगको हो । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती आयोगले राजनीतिक दल सम्बन्धी ऐन लगायतका कानूनअनुसार एउटा समूहलाई आधिकारिकता दिने बताउँछन् । हेर्नुहोस पुस ८ गतेका मुख्य समाचारहरु :