कस्तो छ त युट्युब ट्रेन्डिङको २ मा रहेको ‘दाल भात तरकारी’, हेर्नुस् भिडियो समीक्षा

काठमाडौँ, हालै युट्युबमा एउटा फिल्म रिलिज भएको छ– दाल भात तरकारी । फिल्म अहिले युट्युब ट्रेन्डिङको नम्बर २ मा उक्लिएको छ ।

एक साताअघि युट्युबमा रिलिज भएको यो फिल्मको युट्युब कमेन्ट बक्स अफ गरिएको छ । यही कारण फिल्म युनिटले सामाजिक संजालमा आलोचना पनि खेपिरहेको छ । लोकतन्त्रमा फिल्ममाथि प्रतिक्रियालाई स्वागत गर्न नसकेको र आलोचनालाई खेप्न नसकेको आरोप फिल्म युनिटमाथि लागिरहेको छ ।

खैर यो विषयमा हामी आज चर्चा गर्दैछैनाँै । जीवनको उतराद्र्धमा पुगेपछि बलिउड अभिनेता अमिताभ बच्चन ‘पिंक’, ‘बदला’ जस्तो शक्तिशाली र चेतनामुलक फिल्ममा केन्द्रित भइरहेको बेला नेपालका प्रतिष्ठित कलाकार जोडि ‘मह’ भने अझै हल्काफुल्का कमेडिमै रमाइरहेको उदेक लाग्दो अवस्था छ ।

कस्तो बनेको छ त महजोडीले निर्माण गरेको ‘दाल भात तरकारी’ ? आउनुस् भिडियोमा हेरौँ, फिल्ममाथि अनिल यादवले गरेको समीक्षा ?