संसद विघटन भएपछी राष्ट्रपति भण्डारी र ओलीलाइ गगन थापाको कडा चेताबनी – प्रचण्ड र माधब नि हुतिहारा हुन

काठमाडौं | नेपाली कांग्रेसका नेता गगन थापाले सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल हुतीहारा भएकाले अर्का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको हिम्मत गरेको बताएका छन्। नेता थापाले संसद् विघटन हुनुमा प्रधानमन्त्री जत्तिकै उनीहरु पनि जिम्मेवार रहेको आरोप लगाए। थापाले भने, ‘स्थायी समिति, सचिवालय नभनीकन संसदीय दलमा अविश्वासको प्रस्तावको पत्र लगेको भए यो अवस्था आउने थिएन। उहाँहरुकै हुती नभएका कारणले यो अवस्था आएको हो।’

‘वैयक्तिक स्वार्थ र आफ्ना अहम्हरुको पुष्टिकरणका लागि प्रधानमन्त्रीले जुन संसद विघटन सिफारिस गर्नुभयो। यो संविधान समत छैन अलोकतान्त्रिक छ’ एउटा अहंकारी व्यक्ति प्रधानमन्त्री हुँदा संसद र संविधान सिकार भएको छ। संविधानमा कहाँनेर लेखेको छ। संसद विघटन गर्न पाइन्छ भनेर?,’ थापाले थपे, ‘२०४७ सालको संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार दिइँदा त्यसको दुरुपयोग भएकाले नै अहिले संविधानमा त्यसको व्यवस्था नगरिएको हो। असंवैधानिकरुपमा संसद् विघटन गर्न पाइन्छ ?’ हेर्नुहोस यसरि गर्जिए |