फाई’जरको खो’पको तेश्रो चरणको क्लिनिकल परीक्ष’णमा नेपाली मूलकी बालरोग विशेषज्ञ डा अर्चना काय’स्थको अनुभव र भनाई

विजय थापा,
डिसी महानगर क्षेत्र । कोरोना भा’इरस अर्थात् कोभिड-१९ बिरुद्ध खोप अन्तत्वगत्वा अन्तर्राष्ट्रिय ख्याती प्राप्त ओखति निर्माण गर्ने प्रतिष्ठान फाईजरले ल्यायो । बेलायत पछि अमेरिकामा ३ लाख खोप ५० वटै राज्यहरुमा समेत पुगी प्राथमि’कतामा परेका’हरुले लगाई सकेका पनि छन् ।

फाईजरले बिश्व’ब्यापी रुपमा स्वयम् सेवक रुपमा तेश्रो चरणमा ४३ हजार खोपको चिकित्सा सम्बन्धि परीक्षण सफलता पूर्वक सम्पन्न गरि अहिले बिश्वलाई उक्त खोप निर्माण गर्न अहोरात्र काम गरि रहेको छ ।

ती ४३ हजार मध्ये एक नेपाली मुलकी क्यालिफोर्नियामा बस्दै आएकी बालरोग बिशेषज्ञ डा अर्चना कायस्थले स्वयम सेवक रुपमा उक्त परीक्षणमा सहभागिता जनाएको बताइन । उनले आफू भाग्यशाली मध्ये एक हु भन्दै खुशी व्यक्त गरेकी छिन । त्यो भन्दा पनि अमेरिकामा पनि उपलब्ध भै सकेकोले त्यो सबै भन्दा सुखद क्षण भएको ईनेप्लिजलाई बताइन ।

उक्त खोप परीक्षणको क्रममा लगाए पछि सामान्य शरीर दुखाई र ज्वरो पनि अनुभूति रह्यो । उनले अगाडी भनिन दोश्रो चर’णको खोप लगाए पछि उनलाई उक्त सामान्य असर भएको जनाइन । र अन्यले पनि त्यस्तै हल्का अनुभव गरेको फाईजरले बुझाएको प्रतिवेदनमा पनि उल्लेख छ ।

चिकित्सकको नाताले उनले भनिन ,परीक्षणमा दुईवटा खोप ,रगत तान्ने र कोभिडका लक्षणहरूको लागि स्वास्थ्य प्रतिवेदनको खोजी गरिएको थियो, जुन २ बर्षसम्म जारी रहने छ उनले भनिन ।

उनका अनुसार तेश्रो चरणको परीक्षण गत जुलाई महीनामा शुरू भएको र विश्वव्यापी रूपमा करीव ४३ हजार सहभागी’हरुलाई नामांकन गरिएको उनले भनिन । यो निरन्तर अनुसन्धान चलि रहने परियोजना हो भन्दै अब १२ -१७ बर्षका बच्चाहरू र किशोरह’रुको नामांक’न गरिने छ उनले बताइन ।

आज हामीसँग रहेको प्र’त्येक आधुनिक खोप र औषधि सार्वजनिक रूपमा उपलब्ध हुनु अघि ठूलो संख्यामा मानिस’हरूलाई समावेश गर्दै क्लिनि’कल परीक्षणमा सर्वप्रथम परीक्षण गरिएको थियो।

प्रत्येक खोपको अध्ययनमा संलग्न सबै व्यक्तिहरुको शक्तिशाली भूमिका खेल्छन्। स्वयंसेवकको छनौट गरेर ,उमेर,लिङ्ग, जाति र तपाईको सेरोफेरोको समुदायमा तपाईं जस्ता व्यक्तिहरूको प्रतिनिधित्व गर्नु हुन्छ भन्दै खुशी व्यक्त गरेकी छिन

अब यो खोप स्वीकृत भएको छ र सीमित जन’संख्यालाई दिइन्छ। हामी आशावादी छौं कि यो वर्तमान संकटको अन्त्यको शुरु’वात हो। यदि तपाईं क्लिनिकल परीक्षणमा भाग लिन चाहानुहुन्छ भने, कृपया अधिक जानकारी प्राप्त गर्न फाइजर आधिकारिक संजाल (वेबसाइट )भ्रमण गर्न उनको आग्रह छ ।