रुसमा कोरोना भाइरसको भ्याक्सिनेशन सुरु

काठमाडौँ । रुसका सम्पूर्ण क्षेत्रमा कोरोना भाइरसविरुद्वको भ्याक्सिनेशन सुरु भएको छ । उक्त विषयको जानकारी रुसी स्वास्थ्य मन्त्री सिखाइल मुरास्कोले मंगलबार जानकारी दिएको हो । रुसको सबै क्षेधमा परिक्षण गरिएको कोरोना भाइरस विरुद्वको खोप तिरण भइसकेको र भ्याक्सिनेशन समेत सुरु भइसकेको विषयलाई स्वास्थ्य मन्त्रीले कोरोना भाइरसविरुद्वको संघर्ष गर्ने सरकारको समन्वय परिषद्मा मंलबकार बताएका हन् ।

रुसका प्रधानमन्त्री मिखाइल मिसहुस्टिनले कोरोना विरुद्वको खोप समपूर्ण नागरिकलाई निशुल्क प्रदान गर्ने बताएका थिए । खोपको प्राथमिकता सर्वप्रथम बिद्याालयका शिक्षक, स्वास्थ्यकर्मी र सामाज सेवीलाई प्रान गर्न निर्देशन दिएका छन् ।

डिसेम्बर महिना भित्र रुसी क्षेत्रहरुमा करिब ४ लाख ८० हजार डोज वितरण गर्ने रुसी प्रधानमन्त्रीले बताएका छन् । हालसम्म रुसमा २७ लाख ७ हजार ९ सय ४५ कोरोना संक्रमित छन् भने २१ लाख ४९ हजार ६ सय १० जान संक्रमण मुक्त भएका छन् भने ४७ हजार ९ सय ६८ जनाको मृत्यु भएको छ ।