कोरोना महा’मारीको दोस्रो लहर रोकथा’मबारे ; डा. रवीन्द्र पाण्डे

डा. रवीन्द्र पाण्डे,

अमेरिका तथा युरोपका बिभिन्न देशमा कोरोना महामारीको दोस्रो लहर फैलि’एको छ | हिंजोमात्र कोरियामा लगभग एकहजार संक्र’मितको पहिचान भयो | कोरियाका अधिका’रीहरुले यो तेस्रो लहर हुनसक्ने अनुमान गरेका छन् |

नेपालमा कोरोना महामा’रीको छाल केहि सेलाएको छ | यो महामा’रीलाई नियन्त्रण गर्नको लागि हामी सबैले आफ्ना स्वार्थ तथा मोहलाई छोडेर समाजको लागि योगदान गर्नु अपरिहार्य बनेको छ |

के गर्ने त दोस्रो लहर रोकथामको लागि ?

– १०० दिन मास्क अभियान : सरकारी तथा गैह्र सरकारी निकायले १०० दिन मास्क अभियान संचालन गरौँ | यो १०० दिनसम्म सुरक्षाकर्मीले मास्क प्रयोग भए / नभएको ब्यापक अनुगमन गर्ने, लापर’बाही गर्नेलाई जरिवानाको ब्यबस्था गर्ने | सामाजिक संघ संस्थाले स्वयंसेवीको रुपमा मास्क वितरण तथा मास्क लगाउन अनुरोध गर्ने | संचार माध्य’मले मास्क अभियान संचालन गर्ने | घरबाहिर निस्किने हरेक व्यक्तिले जिम्मेवार भएर अनिबार्य रुपमा मास्क लगाउने |

– पठनपाठन बारे : सरकार तथा नागरिक दुवै पक्ष परीक्षणमा उदासिन देखिएको अवस्था छ | परीक्षण न्यून भएकोले तथा परीक्षण गर्नेले औपचारिक कामको लागि परीक्षण गरेको हुँदा समुदा’यमा संक्रम’णको बास्तबिक अवस्था के छ भनेर भन्न सकिने अवस्था छैन | यस्तो अवस्थामा बिद्या’लय तथा कलेज यथास्थितिमा संचालन गर्ने अर्थात अनलाइन / अफलाइन पढाइको निरन्तरता दिनु उपयुक्त हुन्छ | घटीमा पौष र माघ स्कुल / कलेज नखोल्नु जन’स्वास्थ्यको दृष्टिकोणले सुरक्षित हुनेछ |

बिद्यालय खुले’पछि बिभिन्न ठाउँका हजारौं बिद्यार्थी एकै स्कुलमा हुँदा संक्र’मण सर्ने, त्यो संक्रमण घरघरमा पुगेर जेष्ठ नागरिक तथा दीर्घबिरामीलाई सर्ने जोखिम हुन्छ | यस्तो भीडभाडले महामारीको दोस्रो लहर आउने सम्भावना हुन्छ | तसर्थ २ महिना स्कुल बस तथा सौचालयको संख्या थप्ने, हरेक कक्षामा भेन्टिलेसनको ब्यबस्था गर्ने, दुरी कायम गर्नको लागि कक्षा कोठा मिलाउने, क्यान्टिन फराकिलो बनाउने तथा मास्क / स्यानिटाइजर / पानी / साबुन / आइसोलेसन कक्ष आदिको ब्यबस्था गर्ने लगाय’तका तयारी गर्नुपर्ने हुन्छ |

– मालपोत, याता’यात कार्यालय, वडा, बिद्युत महाशुल तिर्ने काउन्टर लगायत ठाउँमा भीडभाड हुन नदिने | यसको लागि बैंकको जुनसुकै काउन्टरबाट कर तिरेपछि स्वत : नवीकरण हुने र छाप १०० दिनभित्र लगाए हुने ब्यबस्था गर्ने |

– लामा बस जोर / बिजोर दुवै संचालन गर्ने | सार्वजनिक बसमा मापदण्ड अनुगमनको ब्यबस्था गर्ने | – भोजभतेर / जमघट आदि हुन नदिने | त्यसको अनुगमन तथा निगरानी गर्ने |

– जेष्ठ नागरिक तथा दीर्घ बिरामी ( दम, मधुमेह, मुटु र किड्नीको समस्या भएका ) यो ३ महिना घरभित्र बस्ने र घरभित्र पनि परिवारका अन्य सदस्यसंग घुलमिल नहुने | – वर्क फ्रम होम र डिजिटल सर्भिसलाई सरकारी तथा निजि क्षेत्रले अ’ध्यावधिक गर्ने |

– घर / छिमेक / अफिस’मा कुनै व्यक्तिलाई कोरोना संक्रमणको लक्षण देखिएमा परीक्षण गर्न तथा आइसोलेसंमा बस्नको लागि प्रेरित गर्ने | रुघाखोकी लागेपनि सेल्फ आइसोलेसंमा बस्ने |

– कडा लक्षण देखिएका संक्रमितलाई अस्पताल जान प्रेरित गर्ने | – संक्रमितलाई अक्सिमिटर / थर्मोमिटर / मास्क / स्यानिटाइजर / गाइडलाइन आदिको स्थानीय निकायले प्रबन्ध गर्ने |

– होम आइसो’लेसनको अनुगमन / निगरानी गर्ने | – भीड हुने ठाउँका पसल’लाई नम्बर दिएर जोर / बिजोर गरेर खोल्ने | – फुटपाथ तथा तरकारी बजारलाई टुँडिखेल, भृकुटीमण्डपजस्तै खुला ठाउँमा ब्यबस्थित रुपमा राख्ने |

– अत्यावश्यक यात्रा नगर्ने |सरकारी तथा गैह्र सरकारी कार्या’लय खोल्ने / बन्द गर्ने समय २ घण्टा फरक गरेर ट्राफिक जाम तथा बस स्ट्याण्डको जामलाई न्यूनीकरण गर्ने | – बन्द कोठामा बैठक, भेटघाट, भेला आदि नगर्ने | झ्यालढोका खोलेर भेन्टिलेसन यथासम्भव बढाउने |

– जनस्वास्थ्यका मापदण्डलाई थप प्रभावकारी बनाउन महजो’डीजस्ता लोकप्रिय कलाकारमार्फत बिज्ञापन / टेलिफ्लिम बनाएर प्रकाशन / प्रसारण गर्ने | – सबैजनाले ‘ म संक्रमित हुँदैन ‘, ‘ मेरो परिवार संक्रमित हुँदैन ‘ भन्ने प्रण गरेर मास्क, दुरी र सफाइमा बिशेष ध्यान दिने |

– सिमा /नाकामा एन्टिजेन टेस्ट गरेर संक्रमि’तलाई आइसोलेसन र संक्रमण नभएका व्यक्तिलाई भित्र आउन अनुमति दिने | यी र अन्य जनस्वास्थ्यका मापदण्डलाई क’डाइका साथ पालना गर्ने / गराउनेमा सबै जागरुक बनौं | कोरोना महामारीको दोस्रो लहर रोकथामको लागि सबैजना सम्बेदनशील भए’मा हामी खोपको बिन्दुमा पुग्नेछौं |