कमानसिंह लामाकी श्रीमती मिडियामा आएर सुनाईन नारायणकाजी श्रेष्ठसंग नाम जोडिएपछि आफ्नो पिडा(भिडियो सहित)

काठमाडौं । कमानसिंह लामाको निधनपछि पत्नी इन्द्रमाया तामांग, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र सुसन कर्माचार्य बीच प्रश्नहरु तेर्सिएका छन् । कमानसिंहले आरोप लाए अनुसार डेढ करोड रुपैयाँ सुसनबाट लिन नारायणकाजीले असहयोग गरेको र साथै आफ्नो घर बिगारेका छन् । यहि आरोप संगै अहिले नारायाणकाजी श्रेष्ठमाथी सामाजिक संजालमा प्रश्नहरु उठेका छन् ।

कमानसिंहले आफ्नो घर बिगार्नमा नारायणकाजीको समेत हात रहेको उल्लेख गरेका थिए जसले गर्दा अहिले कमानसिंहकी कान्छी श्रीमती इन्द्रमाया तामांगको नाम नारायणकाजी श्रेष्ठसंग जोडिएको छ । यहि विवाद र नाम जोडिए पश्चात इन्द्रमाया तामांग मिडियामा आएर आफ्नो कुराहरु राखेकी छिन् । इन्द्रमायाले क्यानाडा नेपालका लागी मनोज मानवसंग कुराकानीमा आफ्नो नारायणकाजीसंग कुनै सम्बन्ध नरहेको उल्लेख गरेकी छिन् । बरु आफूले श्रीमानबाट शंखादेखि पिडा पाएको कुराहरु व्यक्त गर्दै नारायणकाजी श्रेष्ठ निर्दोश ठहर गरेकी छिन् ।

इन्द्रमायाका अनुसार सुसन कर्माचार्य र नारायणकाजी श्रेष्ठले बरु आफूहरुलाई सहयोग गरेको तर स्व. श्रीमान कमानसिंहले झुटो आरोप लाएर अहिले विवादमा तानिएको हो । नारायणकाजीसंग के रिस थियो र त्यो भिडियो प्लान गरेर फसाउन रेकर्ड गरिएको समेत उल्लेख गरेकी छिन् । श्रीमानका कारण आफ्नो समेत बिचल्ली भएको र आफू पनि ऋणमा डुबेको पिडा व्यक्त गरेकी छिन् ।

“आफ्नो श्रीमानको निधनको पिडामा पनि आफू यसरी स्पष्टिकरण दिनु पर्दा दुख लागेको छ । श्रीमानलाई खै के कुराले हो यस्तो आरोप लाएर नेता नारायणकाजी श्रेष्ठलाई विवादमा तान्नु भयो तर नारायणकाजी श्रेष्ठ निर्दोष हुनुहुन्छ । नारायणकाजीदेखि सुसन कर्माचार्यले हामीलाई सहयोग गर्नुभएको छ तर सायद वहाँले बुझ्नु भएन कि त्यसैले आरोप लाउनु भयो होला । सुसन कर्माचार्यले कुनै पनि पैसा नखाएको कुरा पनि प्रष्टाउन चाहन्छु ।” इन्द्रमायाले कुराकानीमा भनेकी छिन् ।(canadanepal)