अमेरिकामा आजबाट फाईजर नामक भ्याक्सीन कोरोनाबाट बच्नका लागि मानिसमा लगाउनका लागि शुरु !

हाल अमेरिकामा बस्दै आउनु भएको पत्रकारितामा प्रखर / संचार कर्मी सुर्य थापा ज्यु भन्नु हुन्छ अब हामी महामारीलाई जितिन्छ तर अझै केहि समय सर्तक रहौं है ।

महामारीलाई जितिन्छ तर अझै केहि समय सर्तक रहौं है । अमेरिकामा आजबाट फाईजर नामक भ्याक्सीन कोरोनाबाट बच्नका लागि मानिसमा लगाउनका लागि शुरु भएसंगै कोरोना महामारीका बिरुद्धको लडांई अन्त्य तिर आएको संकेत मिलेको छ । आजबाटै शुरु भएको यो भ्याक्सीन पहिले स्वास्थ्य क्षेत्रमा काम गर्नेहरु, उच्च जोखिममा रहेका हरुलाई दिंदै जांदा आम जनताले चाहेको अवस्थामा अबको केहि महिना भित्र भ्याक्सीन लगाउन पाउने अवस्था आउने देखिन्छ ।

फाईजरसंगै अन्य भ्याक्सीन कम्पनीहरु पनि तयारी अवस्थामा रहेकोले अमेरिकासंगै नेपाल अनि संसारभरका जनताको पाखुरामा पुग्न अलि महिना नै लाग्ने पक्कै छ । त्यसैले भ्याक्सीनको शुभ संकेतसंगै अझै करिब १ बर्ष माक्स लगाउने अनि आफु पनि बच्ने अरुलाई पनि बचाउने अभियान भने जारी राखौं । सबैले नियम पालाना गर्दै कोरोना महामारीलाई चांडै परास्त गर्न सकौं । त्यस पछिको जिवन अवश्य सबैको सुन्दर हुनेछ ।