चलचित्र ‘पुरानो बुलेट’ अब डिस होममा

मोरङ- नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ डिसहोममा मंसिर २३ गतेदेखि देखाइने भएको छ । डिसहोमको च्यानल नं १०८ मा घरमै बसेर परिवारको साथमा यो फिल्म हेर्न सकिनेछ ।डिसहोमका ग्राहकले प्रति शो २२५ रुपैयाँ शुल्क बुझाउनुपर्ने हुन्छ । दिनमा तीन शो देखाइने डिस होमले जनाएको छ ।

क्रेजी इन्टरटेनमेन्ट प्रा.लि. को व्यानरमा निर्माण भएको चलचित्र ‘पुरानो बुलेट’ २०७५ चैत्र १ गते फिल्म हलहरुमा प्रदर्शन भएको थियो । कलाकारहरु अनुप विक्रम शाही, वर्षा शिवाकोटी, माला लिम्बू, शिव मुखिया लगायतको अभिनय रहेको छ ।

चलचित्रको निर्देशन भीषण राईको रहेको छ भने अशोक कुमार राई, विरेन साम्बा, टिकाराम राई र दिपेन लिम्बू संयुक्त रुपमा लगानी गरेका छन् । चलचित्रलाई हरि घले लामाले खिचेका हुन् भने सन्तोष राई र भीषण राईले कथा लेखेका हुन् ।