युवाले साँचै परिवर्तन गर्न सक्दैन ? के युवा कार्यकर्ता अनि सडकमा आन्दोलन गर्ने मात्र क्षमता राख्ने ?

शाहसी चेली ‘रमा वली’ सामाजिक अभियन्ता / लेखिका सामाजिक संजालमा आफ्नो केही कडा विचार हरु पोख्नु भएको छ : लेख्नु हुन्छ !

देशमा यतिका विश्व बुझेका आदभुत क्षमता भएका बौदिक ब्यक्तिहरू हुँदा पनि नभएको झैं नयाँ व्यवस्थाको निम्ति कसैले नसोचेको देखिन्छ। युवाले साँचै परिवर्तन गर्न सक्दैन ? के युवा कार्यकर्ता अनि सडकमा आन्दोलन गर्ने मात्र क्षमता राख्ने ? के युवा बिदेशमा पसिना बगाएर विदेशी मुलक स्वर्ग बनाउने मात्र क्षमता राख्ने ? तपाईहरूले मेरो बिचारमा तालि पिट्नै पर्छ म कदापी भन्दिनँ। रूखमा लागेको पात एकदिन झर्छ र नयाँ पलाउँछ। त्यसले समय र प्राकृतिक नियम अनुसार हामी पनि परिवर्तन हुनैपर्छ। परिवर्तन भन्नाले राजसंस्था आउनुपर्छ भन्ने होइन किनभने त्यो समय गयो।

अब नयाँ आवस्यकता छ अन्यथा ब्रजापात पर्न सक्छ,गणतन्त्र कदापी गलत छैन। तर त्यसको सदुपयोग नगरी दुरुपयोग गर्ने यो भ्रष्टाचारी सरकारले गणतन्त्रमा प्रश्न: उठाउन जनतालाई बाध्य भनाएकै छ। फेरि भन्छु गणतन्त्र गलत होईन। राजसंस्था पुनर्स्थापना गर्नुपर्ने मत धेरै देखिन्छ। ल त्यसोभए हिजो किन राजसंस्था फालेको यो पश्न: कर्दा के जबाफ आउँछ होला ?

यो देशमा अहिलेसम्म पृथ्वीनारायण शाहको जति योगदान भलै कसैको छैन्। हामीले यो भुल्नुहुँदैन। तर यसैको आडमा सत्तामा पुग्ने सत्ता बदल्ने यी दुई व्यवस्था देखि देश सिँगापुर नै होला जपान होला भनि यीहरूबाट हामीले अपेक्षाकृत गर्नु त कागलाई बेल पागे सर्ह हुनेछ।

यहाँ पटकपटक व्यवस्था फेरियो तर देश जनताको अवस्था न हिजो फेरियो न आज अब आशा र अपेक्षा भोलिको नै छ। अहिले सडकमा भएको प्रदशनले के भोलि देश र जनताको अवस्थालाई परिवर्तन गर्ला ? हजार पटक सोच्नुपर्छ। अरूको लहैलहैमा लागेर आन्दोलनमा होमिने हाम्रो नैतिक शिक्षा त कमजोर नै छ। अघिपनि भनि सके आज होस् वा भोलि म सधै स्वतन्त्रताको उपयोग गरेर बोल्छु।

यसमा तपाईहरूको बिचार मिल्ने पर्छ भन्ने तर्कको मेरो बिचार छैन। म सरकार समर्थन राजसंस्था समर्थन होईन म कदापी गर्दिनँ। देशले जे खोजेको छ,त्यो नयाँ खोजेको छ। पटकपटक भनिसके देशलाई यस्तो युवानेताको आवस्यकता छ। जो गरिबको आँशुलाई पुछ्दछ। त्यस्ता सयौँ ब्यक्तिहरू यतै कतै तपाई हाम्रै वरिपरि नै छन। जसले देशलाई कायपलट गर्ने सक्दछन्। जनताको अवस्थामा परिवर्तन ल्याउन सक्दछन् त्यसले साथिहरू तबमात्र समर्थन गरौं, जब युवाको काँधमा देश आउँने नयाँ व्यवस्थाको संघर्ष सुरू हुन्छ।#जयस्वाभिमान_जय_युवा ??✊ तस्वीर पुरानो,