संर्घषका दिन सम्झिएर भावुक भइन् ज्योती मगर (भिडियो हेर्नुस् )

‘रुँदैरुँदै म घर पुग्थेँ । मलाई ज्योती मगर ग्ल्यामर छ, भद्दा छ, उत्ताउली छ, दुइ चार दिन आउँछ, नाच्छ, जनताहरुलाई रमाइलो गराउँछ, त्यसपछि सबले थुक्छन अनि आफ्नो औकातमा फर्किन्छ भन्ने मानसिकताकै भिडमा हराउँछु भन्ने लागेको थियो। तर, डान्सिङ विथ स्टार्समा आएपछि मलाई हेर्ने धेरैको नकरात्मक दृष्टिकोण नै बदलिएको पाएँ ।’

शुक्रबार साँझ हाम्रो कला टिभीको टिम ज्योतीले नृत्य रिहर्सल गरिरहेको ठाउँ शंखमुल पुग्दा उनी भावुक हुँदै आफ्नो नृत्य अनुभुति सुनाइरहेकी थिइन् । डान्सिङ विथ स्टार्सको टप फाइभमा पुगेपछि ज्योतीमा यतिखेर जितको आशा पलाएको छ । जितको यति नजिक आइपुगेपछि उनलाई ट्रफी उचालेरै जाने मन छ ।

ज्योतीले यो रियालिटी शोमा आएपछि आफूले नाच्नेका दुःख महसुस गरेको बताउँछिन् । भन्दै थिइन्, ‘मैले नाच्नमा गरेको जति दुःख गाउनमा गरेको भए त खतरै हुन्थे होला ।’

कुराकानीको क्रममा ज्योतीले आफ्ना कोरियोग्राफर लाउरेसँग् लाइभ दोहोरीसमेत गाइन्, नृत्य अभ्यासका अनुभव समेत सुनाइन् ।

विस्तृत भिडियोमा हेर्नुस् |