‘टिकटक’मा प्रधानमन्त्री केपी शर्मा ओली पनि

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ‘टिकटक’ मा अकाउन्ट खोलेका छन्। उनको अकाउन्ट ‘भेरिफाइड’ समेत भइसकेको छ।

टिकटकमा उनले केही दिनअघिको एउटा भाषणको अंश राखेका छन्।

केहीबेर अघिसम्म त्यसलाई १ सय ९८ जनाले सेयर गरेका छन् भने २ सय ५५ जनाले कमेन्ट र ११ हजारभन्दा बढीले लाइक गरेका छन्।

प्रधानमन्त्रीको अकाउन्टमा भिडिओ राख्ने कुनै मापदण्ड तय गरिएको छ कि भन्ने नेपाल लाइभको प्रश्नमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफूलाई जानकारी नभएको बताए।

भारत र अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लागिरहेका बेला नेपालमा प्रधानमन्त्रीले नै एकाउन्ट खोलेर भिडियो सेयर गर्न थालेका हुन्।

टिकटक पछिल्लो पुस्तामा सबैभन्दा बढी लोकप्रिय मल्टिभिडया सामाजिक सञ्‍जाल हो।