ईतिहास देखि हेरौं देश कहाँ कसले कतिसम्म लुट्यो।

रमा वली,

पछिल्लो केही दिन यता भब्य राष्ट्रप्रति नागरिक सबैको गहिरो प्रेम देखियो। देश त्यसको जिम्मा लगाउनु पर्छ। उसको जिम्मा लगाउनु पर्छ। भन्ने तर्कहरूका नाराबाजी घन्किएका थिएँ। तर म अचम्ममा थिएँ। उहि तालमेलमा घन्किएको नाराबाजी देखि अपेक्षा गरेको जस्तो फल कदापी पाउन सकिँदैन भनि सोँच्दै थिएँ। यहाँ फलानो नेताले कन्जुस्याई गर्दै राष्टवादको तर्क गर्यो भने सत्य हो भन्दै उसैको जयजय गर्ने हाम्रो यो सैलि परिवर्तन नभएकै रहेछ। ईतिहास देखि हेरौं देश कहाँ कसले कतिसम्म लुट्यो।

कुनैबेला सिँगापुर र नेपालको हैसियत बराबर थियो भन्ने तथ्यहरू छदैछन्। तर आज कहाँबाट कहाँ पुग्यो सिँगापुर देशलाई बर्बादीमा धकेल्ने हामी जनता नै रेछौ जस्तो महसुस हुन लाग्यो। आज जतिपनि अभियानहरू संचालन भएका छन ति सबैको नेतृत्व गर्ने एक ब्यक्ति नभई प्रत्येक अभियानका नेतृत्व प्रत्यक छन। के पृथ्वीनारायण शाहले यसरी नै नेपाल एकिकरण गरेका थिए ? यो अभियान त्यो अभियान फरक फरक देश बदल्ने अभियान देख्दा कहिले कहाँ त जोक्स हाने गरेको जस्तो लाग्छ। सच्चा देश प्रेमि नागरिक हो देश परिवर्तन गर्न उद्देश्यले खोलिएको लक्ष्य लिएको अभियान हो भने एउटै अभियान हुनुपर्छ। तब मात्र टाउकेहरुका पसिना बग्ने छन।अब पसिना मात्र बगाएर हुँदैन देशको नेतृत्व कसले गर्दा देश परिवर्तन होला यो जिज्ञासा सबैको मनमा देश भन्ने सब्द सुन्दा नै आउँने गर्छ। अरू हैन अब देशको नेतृत्व युवाले गर्नुपर्छ।

हिजोदेखि आजसम्म र यो लेख्दा र तपाईहरूले पढ्दै गर्दा पनि लुटिदैछ देश। बाहिर एउटा गतिविधि देखाउँने भित्र युवाको नेतृत्व नभई यी टाउकेहरुका कुर्शी बचाउने अभियानहरू संचालन भएका छन भने त्यो टिक्दैन बन्द गर्दा नै उपयुक्त हुनेछ। फरक फरक अभियान संचालन गरेका ब्यक्तिहरुलाई मेरो बिन्ती छ। तपाईहरू एकताबद्ध भएर एउटै अभियान संचालन गर्नुहोस् यो देशले जे खोजेको छ, त्यो नयाँ खोजेको छ। त्यसले कुनैपनि हालतमा देश युवाको काँधमा लिनुपर्छ। जबसम्म देश युवाको काँधमा पर्दैन तबसम्म देश कछुवाको गतिमा विकास हुनेछ, र बिजुलीको रफ्तारमा लुनेछ।

त्यति धेरै ज्ञान म सग छैन देखिएका कुरा अलि अप्ठ्यारा लागेपछि स्वतन्त्र भएर बोल्नु लेख्नु सबैको अधिकार हो। कुनैपनि कदम उठाउदा पहिलो प्राथमिकता भनेको एक हुनु हो अभियानमा ठुलो तागत हुन्छ। तर यो गल्ली गल्लीमा फरक फरक गतिमा संचालन भएका अभियानहरू बिच बाटो नि नपुग्दै टुङ्गिनेछन। त्यसले सबै नागरिक र अभियान्ताहरू प्रति मेरो बिन्रम अनुरोध छ कि देश बदल्ने युवाको नेतृत्व ल्याउँने उद्देश्य बोकेको देशमा एउटा मात्र अभियान कडा गर्नुहोस्। त्यसपछि यहाँ आगोको रापले भ्रष्टहरू जलेर नष्ट हुनेछन्। अनि सुन्दर सान्त बिसाल नेपाल निर्माण हुनेछ। युवाको नेतृत्व भयो भने यो देश अवस्य परिवर्तन हुनेपुरा विश्वास गर्छु। प्रिय दाईहरु बाँकी तपाईंहरूको बिचार… ढिलो नहोस् #जय_स्वाभिमान