अन्ततः भयो प्रकाशको षडयन्त्र अनि श्रीमती मार्नुको भित्री रहस्यको पर्दाफास,कुमारले गरे डरलाग्दो खुलासा (भिडियो सहित)

केही दिन अगाडी झापाको दमक नगरपालिका वडा न १ का ४७ वर्षिय चुडामणि भण्डारीले आफनै श्रीमतीको हत्या गरेका थिए। आइतबार साँझ ५.३० बजेतिर कमल गाउँपालिका ६ जीवन चोकस्थित आफ्नो खेतीमा गएको समयमा भण्डारीले ३८ बर्षकी श्रीमती टिकामाया पौडेल भण्डारीलाई खुकुरी हतियार प्रहार गरी हत्या गरेका हुन । खुकुरी प्रहारबाट टिकामायाको घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि हत्यामा संलग्न भण्डारीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डितले बताए । खुकुरी प्रहार गर्ने भण्डारी केही महिनाअघि वैदेशिक रोजगारबाट फर्किएका थिए। श्रीमती अर्कैसँग लागेको र आफुलाइ अत्याचार गरेको भन्दै उनले खुकुरी प्रहार गरेको स्वीकार गरेका छन । उनले श्रीमतीसँगै रहेका दमक २ का ३५ वर्षिय प्रकाशचन्द्र दाहाललाई पनि खुकुरी प्रहार गरेका थिए ।

गम्भीर घाइते दाहाललाई उपचारका लागि दमकको एड्भान्स हस्पिटल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि बिर्तामोडको बिएण्डसी हस्पिटल पठाइएको थियो । टिकामाया र प्रकाश धान उठाउन आएका थिए । सबैले आफ्ना आफ्ना कुरा पछि घटनालाई प्रत्यक्ष सुरुदेखि नियालेका समाजसेवी कुमार राई मिडियामा आएर सुरुदेखी अन्त्यसम्मको सम्पुर्ण भित्री रहस्य र बास्तबिकता बताएका छन । बिदेश बाट आउने बित्तिकै उनले कुमारलाई भेटेर आफू अन्यायमा परेको भन्दै न्याय पाँउ भनेको केही समय बित्न नपाउदै यो घटना घटेको थियो । कुमारलाई उनले रुदै यस्तोसम्म सुनाएका रहेछन तलको भिडियोमा हेर्नुहोला आशु आउनेछ ।