गायक बेग राना र मन्जु लोवातीको बहुप्रतिक्षित लोकदोहोरी गीत’लौरी ताकेको’बजारमा

नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक बेग राना र मन्जु लोवातीको बहुप्रतिक्षित लोकदोहोरी गीत’लौरी ताकेको’बजारमा आएको छ।लामो समय देखि नेपाली लोक दोहोरी क्षेत्रमा संगै काम गर्दै आएका बेग राना र मन्जु लोवातीको यो पछिल्लो नया गीति एल्बम हो।उनीहरु बिचको सृजना नेपाली लोक पाराखी मनहरुले मन पराउदै आएका छन।

बेग रानाको लय र शब्द सृजनामा रहेको उक्त गीतमा आवाज पनि बेग राना र मन्जु लोवतीकै रहेको छ।गीतमा चर्चित मोडल लोमश शर्मा र सरु धिमाल रहेको छन।जनता डिजिटलले बजारमा ल्याएको उक्त गीतमा निर्देशन भने निशान एस केले गरेका हुन्।दिपक गिरीको छायांकन र अमृत आपागाइको सम्पादन रहेको गीतको भिडियो निकै उत्कृष्ट बनेको छ।हेरौ भिडियो :