अशोक धेरैपछि घरमा,बिगतमा सडक र झुप्रो घर सम्झेर भावुक हुँदै टंक र सबै नेपालीलाई दिए यस्तो संदेश, (भिडियो सहित)

झापा एकमात्र यस्तो जिल्ला हो जहाँबाट नेपालले धेरै कलाकार धेरै नेता लगायत सबै कुरामा अगाडी बढ्न सक्ने मानिसहरु पाएको छ । केही समय अगाडी सडकमा गाउने साना अचम्मका बालक एकाएक चर्चामा आएका थिए । सडकमा दिन बिताउने गित गाउदै हिड्ने झापाका बाल गायक अशोक दर्जी यतिबेला काठमाण्डौमा छन् । गायक तथा संगीतकार टंक बुढाथोकीले काठमाडौ लगेपछि उनको जीवन नै परिवर्तन भएको थियो । टंकसँग अशोकले गाएको गीत ‘मन बिनाको धन’ निकै दिन यूट्युबको नेपाल ट्रेन्डिंगको पहिलो नम्बरमा परेको थियो । नेपालको सन्दर्भमा कुनै गीत यति धेरै हेरिनु अत्याधिक सफल हुनु हो ।अहिले अशोक दर्जी दशैँ तिहार मनाउन आफ्नो घर झापामा आएका छन । अशोक दर्जी लामो समयपछि झापा आएका हुन् ।

उनि तिहार मनाएर भोलिनै काठमाडौँ फर्कने तयारीमा छन् । झापामा आफ्नो परिवार संग दशैँ देखि संगै बसेका अशोकले झापामै मन बिनाको धन ठुलो ३ को शूटिंग पनि गरेको बताए । अब अशोक दर्जीको अर्को नया मन बिनाको धन ३ गित चाडै आउने उनले बताए । आफ्नो घरमा परिवार संग गितार बजाएर यसरि सुनाए कि सुन्दा सबै भावुक नै बने । उनले बिगतमा आफुले झापाको गल्ली सडक अनि झुप्रो घर सम्झेर टंक बुढाथोकी लगायत सम्पुर्ण नेपालीहरुलाई मेरा भगवान भन्दै यस्तो संदेश दिए कि सुन्दा तपाइँको आशु आउनेछ तल भिडियोमा हेर्नुहोला ।