अन्तरजातीय विवाह सम्बन्धि अति मै मार्मिक र चेतनामुल चलचित्र र्मिाण भएको छ ‘नदेखिएको जात’ ।

नदेखिएको जात
काठमाडौं ५ मंसीर । राज्यले जातीय छुवाछुतको अन्त्य गरेको भएपनि ब्यवहारमा लागु हुन सकिरहेको छैन । दूरदराजको कुरा छाडौ शहरीया, शिक्षितहरु नै यो कुरा मान्न चयार छैनन । यस्तो अवस्थामा पिडितहरु जो दलित भएकै कारण अमानविय ब्यवहार सहदै आईरहेका छन् । यस्तै बिषयमा अन्तरजातीय विवाह सम्बन्धि अति मै मार्मिक र चेतनामुल चलचित्र र्मिाण भएको छ ‘नदेखिएको जात’ ।

नेपालमा तीनै उत्पीडित जातीको नाममा ब्रम्हलुट मच्चिएकै छ । राजनीति भएकै छ । र, एउटा ‘नदेखिएको जात’ जो उत्पीडनबाट मुक्ति खोजिरहेको छ । त्यही मुक्तिको खोजीमा यो समाजसंग लडिरहेका छन् निर्देशक बेदप्रसाद भुर्तेल । समाजमा रहेको अन्धविस्वासको पर्खाल तोडनु पर्छ भन्ने सोचले २०६८ पुसमा अन्तरजातीय विवाह गरेका भुर्तेल अहिले आफ्ना परिवार र समाजसंग मात्र होईन, कानुन बनाएर लागु गर्न नसक्नेहरुसंग समेत उनि एक्लै लरिहेका छन् । झापाको अर्जुनधाराकी निलम सुनाम दर्जीसँग प्रेम विवाह गरेका भुर्तेलले आफ्नै गाउँ चुलाचुली पुगेर पुसमै विवाह दर्ता गराएको भएपनि दर्भाग्य सोही सालको चैतमा जिल्ला अदालत विराटनगरबाट सम्बन्ध विच्छेद भएको थियो । कानुनी रुपमा सम्बन्ध विच्छेद भएपनि उनिहरुको प्रेम टुटेको भने थिएन ।

घर परिवार र समाजलाई देखाउन सम्बन्ध बिच्छेद गर्न बाध्य भएका उनिहरुको ५ वर्षे १ छोरा छन् । अदालती कागजमा उनीहरुबीच सम्बन्ध विच्छेद नै छ । तर, उनको छोराको पनि जन्म दर्ता भइसकेको छ । यिनै कथावस्तु समेटिएर चलचित्र ‘नदेखिएको जात’ निर्माण भएको छ जसको छायांकन सम्पन्न भई प्राविधिक कार्य भैरहेको छ । चलचित्र ‘नदेखिएको जात’ले समाजमा संकुुचित भावनाबाट ग्रसितहरुको चेतना बृद्धिमा ठूलो सहयोग पुग्ने विश्वास लिएको छ । देशभरिको बिद्यालयका बिद्यार्थीहरु माझ प्रदर्शन गर्न राज्य स्तरबाट सहयोग हुनुपर्ने र यो चलचित्रले समाज परिवतृनमा केही न केही मद्दत गर्ने बिश्वास निर्देशक भुर्तेलले लिएका छन् ।

उनलाई चलचित्रमा निर्माणमा लिला बम्जन, चन्द्र स्याङतान, श्याम कुमार बन, माधब गिरी, सन्तोष घिमिरे, नविन आचार्यले साथ दिएका छन् । चलचित्रमा सन्तोष श्रेष्ठको संगीतमा प्रमोद खरेल र प्रविशा अधिकारीको स्वर रहेको छ भने कलाकारमा संजोग राना, जानवी बस्नेत, लय संग्रौला, विशाल पहारी, अनिता केसी, रुकु बिष्ट, किरण थापा, चन्द्र स्याङ्तान, विकास नेपाल, विष्णु गीरि आदि रहेका छन् ।

निर्देशक भुर्तेलले बिगतमा कुर्बान, ईन्काउन्टर, सञ्जोग, फेरी भेटौला, अफिसर, बुलेट आदि चलचित्र निर्देशन गरिसकेका छन् ।