कोरोना लाग्यो भन्दै ८२ बर्षका वृद्ध , रुखबाटै यसरी बचाए हेर्नुहोस (कमेडी भिडियो सहित)

हास्य टेलिश्रृङखला “हास्नु हुन्न है” को नयाँ बिशेष भाग सुपर अनलाइन टिभी मार्फत भर्खरै सार्बजनिक गरिएको छ । मात्रै पन्ध्र भाग पुगेको यो सिरियल छोटो समयमै सबैको मन जित्न सफल भएको छ । हास्नु हुन्न है दोबाटे फुटेर निर्माण भएको हो । सुरुमा दुई जना कोपा र चिबे मात्रै निकालिएका थिए । त्यसपछि दोबाटे छाडेर प्राय सबै कलाकारहरु हास्नु हुन्न है मा नै आएका छन । दोबाटेमा प्राय कोहि कलाकारहरु लामो समय टिकेको देखिदैन । विभिन्न सिरियलमा अभिनय गरिसकेका कलाकार समीर सुवेदी (चिबे बूढो) अनि आइन्द्र लिम्बू (कोपा) ले लेखेको अनि निर्देशन गरेको सिरियलमा नयाँ तरिकाले सबै हसाउने कथामा तयार हुन्छ ।

हरेक हप्ता केहि न केहि संदेश दिने हास्नु हुन्न है देखेर सबै छक्क परेका छन । पुर्बमा सुटिङ हुने गाउले परिवेशमा तयार गरिएको हास्नु हुन्न है हेर्दा आफ्नै गाउँ घरकै कथा पाइन्छ अनि छुट्टै आनन्द आउँछ । यस टेलिसिरियलमा निर्देशक तथा कलाकार आइन्द्र लिम्बू (कोपा) र समीर सुबेदि (चिबे) लगायत ज्योती अधिकारी (मुखाले प्रहरी),कल्पना पान्डे (कालीबुढी), रुबिना गहतराज अर्थात आरती (ए ल ल), सिला उप्रेती (बोजु),गणेश भट्टराई(कागे),संतोष किराती,देब लिम्बू,मन्जु लिम्बू, दिनेश बस्नेत तथा अन्य धेरै कलाकारको अभिनय देख्न सकिनेछ । यस टेलि शृङ्खलामा कलाकार बन्ने सपना बोकेका अनि कला भएर पनि लुकेर रहेका प्रतिभाहरुलाई स्थान दिने कलाकार तथा निर्देशक आइन्द्र र समिरले बताए । आफुहरु पनि कलाकारीतामा ठूलो सपना बोकेर बिगत दस बर्षदेखि संघर्ष गरिरहेको बताए ।

तिहार स्पेसल यो हप्ताको भागलाई युटुबमा सुपर अनलाइन टिभि मार्फत भर्खरै सार्बजनिक गरिएको छ । दोबाटेबाट निस्कीएपछी समीर सुवेदी र आइन्द्र लिम्बुले आफैले हास्नु हुन्न है नामक सिरियल सुरु गरेपछि दोबाटे छाडेर अन्य आधी भन्दा धेरै कलाकारहरु पनि नयाँ सिरियलमै आएका छन । यो हप्ताको हास्नु हुन्न है मा चिबे र कोपाले कोरोनाको बारे रमाइलो तरिकाले निकै राम्रो संदेश दिएका छन । कोरोनाको शंका लागेर कोपाले झुन्डिएर आत्महत्याको प्रयास गरेपछी कोरोना के हो अनि यसबाट कसरी बाच्ने कसरी लड्ने भनेर हसाएरै मीठो संदेश दिएका छन । हास्नु हुन्न है मा नेपाली सस्कृती र किराँती सस्कृतीलाई बिशेष तरिकाले झल्काउने कोशिश गरिएको छ । धेरैले सक्किगोनी सङ तुलना गरेर कमेन्ट गर्ने गरेको हास्नु हुन्न है छोटो समयमा निकै चर्चा कमाउन सफल भएको देखिन्छ । तलको भिडियोमा हेर्नुहोला पेट मिचीमिची हसाउने छ ।