लक्ष्मी पूजा नायिका स्वेता खड्काको

काठमाडौं : महान चाड तिहारको सुभ अवसरमा लक्ष्मी माताको पूजा आराधना गरि घरघरमा लक्ष्मी भित्र्याइएको छ भने नेपाली सेलिब्रेटीहरुले पनि दिपावली बत्ती अनि रंगोली सहित लक्ष्मी पूजा गरेका छन् । तिहारको शुभकामना दिँदै नायिका स्वेता खड्का केही तस्वीरहरु पोस्ट गरेकी छिन् ।

कोरोनाको कह रका वाबजुद पनि ढकमक्क फुलेका सयपत्री मखमली र गोदावरी र फुलहरुसंगै मुस्कुराउँदै सप्तरङ्गी रङ्गहरुसंग लत्पत्तिदै अनि झिलिमिली बत्तिहरुको उज्यालो प्रकाशमा रमाउँदै उस्तै उत्साह , उमङ्ग र खुशियालीका साथ धनधान्य देवी लक्ष्मी मातालाई स्वागत गरियो । महामारीको यो माहौलमा आत्मिय सहकर्मीहरुको जमात जुट्न नसक्नुले मनमा खल्लो अनुभुती भएता पनि जो जहाँ रहनु भएको छ सबै सहकर्मी , शुभचिन्तक तथा हितैशीहरु प्रती सुस्वास्थ्य दिर्घायुका साथै उत्तरोत्तर प्रगतीको कामना गर्दछु । शिशिरयामको चिसो सितका थोपाहरुसंग जुध्दै मौलाईरहेको दुबो जस्तै सबैको जिवन मौलाई रहोस् । बलीराजाको अनुपम कृपाले शत्रुहरु परास्त हुन । सफलता, सुख अनि सम्बृद्दीले जीवन भरिपुर्ण होस । शुभदिपावलीको यो पावन अवसरमा अनगिन्ती , अविरल र असंख्य शुभकामना ।