७ बर्षिय रबिनालाई भाइरल बनाउने खेम सेन्चुरीका भाइ ओम सेन्चुरी पहिलोपटक बोले मिडियामा, वास्ता गरेनन भन्दै दुख पोखे, भाइरल भएपछी यस्तोसम्म गरेछन

गुल्मी | केहि समय अगाडी चर्चित इन्द्रेणी कार्यक्रममा एक जना बाल गायिका निकै मज्जाले भाइरल भईन | उनको नाम हो रबिन बसेल जो गुल्मीकी हुन् | उनको क्षमता यति दमदार र धमाकेदार थियो कि जो कोहि उनलाई देख्ने भेट्ने आश्चर्यचकित पर्थे | राजु परियार, रमेश प्रसाई जस्ता चर्चित हस्तीलाइ पनि दोहोरीमा आचो आचो पारेकी रबिना जम्मा ७ बर्षकी छिन यो झन् अर्को अचम्मको पाटो हो | उनको यस कलालाई धेरैले मन पराए र कमला घिमिरे र आयुष गौतम भन्दा माथि भन्दै कमेन्ट बक्समा कमेन्टको ओइरो नि भयो |

तर तपाइलाइ थाहा छैन होला यी बैनी भाइरल बनाउने को हुन् भनेर ? जस्तै अशोक दर्जीलाई भाग्य न्यौपानेले बनाए त्यसै गरि कमला घिमिरेलाई अमृत सापकोटाले भने रबिनालाइ सुरुमै उनको घरमा गएर दोहोरि गाएर भाइरल बनाउने अरु कोहि हैनन लोकगायक खेम सेन्चुरीका भाइ भनेर चिनिएका ओम सेन्चुरी हुन् जो गुल्मीकै हुन् | उनीसंग गाएको दोहोरि सामाजिक संजालमा करिब ३० लाखले हेरेका छन् र यसैबाट उनलाई इन्द्रेणीमा जान सहज भएको थियो | आज उनी ओम सेन्चुरी दुखी हुदै भाइरल भएपछी आफ्नो वास्ता नगरेको भन्दै रुदै मिडियामा आएका छन् |