आफैँले पालेको राँगोले हा न्दा ज्यान गयो !

डोटी, कार्तिक ३०/डोटीको आदर्श गाउँपालिका-१ का ४० वर्षीय चक्र साउदको आफैँले पालेको राँगाले हा न्दा मृ त्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार शनिबार राँगोले हा न्दा ग म्भीर घा इते भएका साउदको उपचारका क्रममा गए राति शैलेश्वरी अस्पताल दिपायल पिपल्लामा मृ त्यु भएको हो।

मृ तक साउदको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल डोटीमा लगिएको प्रहरीले जनाएको छ । राँगाले हान्दा उहाँको टाउको र छातीमा ग म्भीर चो ट लागेको थियो। रासस