तिहारको मुखमा दुःखद घटना ः बियरको बोत्तलले हानेर भाईले दाई मारे, भित्ताभरी रगतै रगत (भिडियो सहित)

तिहारको मुखमा पोखरामा दुःखद घटना घट्यो । कार्तिक १५ गते पोखराको बेगनासका एक व्यक्तिले बियरको बोत्तलले हाने तर बृद्ध घाईते भए । उनको उपचारको क्रममा कार्थिक २७ गते मृत्यु भयो । पोखरा महानगरपालिका ३१ बेगनास ताल बस्ने ६१ वर्षीय शुरसिंह लामालाई बियरको बोत्तल प्रहार गरी हत्या गरिएको हो । बियरको बोतलले हानी कुटपिट गरी हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने ५० वर्षीय जुठ्ठे लामालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार जुठ्ठे लामाले शुरसिंहलाई कात्तिक १५ गते बियरको बोत्तल प्रहार गर्दै कुटपिट गरेका थिए । दाई मार्नका लागी बोरा भरी बियरका बोत्तल ल्याएको र ढुंगाले समेत हानेर मारिएको स्थानीयको आरोप छ ।