प्रचण्डले ओलीलाई चिठी लेखेपछि ओलीले फर्काए यस्तो जवाफ, हेर्नुहोस कार्तिक २९ गतेका मुख्य समाचारहरु

नेकपामा चर्किएको अन्तरविरोध र दन्तबझान अब लिखित ‘पत्र–युद्ध’मा परिणत भएको छ । कात्तिक २५ गते प्रधानन्त्री ओलीले प्रचण्डलाई १० पृष्ठ लामो पत्र लेखेपछि त्यसको तीनदिनपछि शुक्रबार प्रचण्डले ओलीलाई ७ पृष्ठको पत्र लेखेका छन् ।

कात्तिक २२ गते प्रचण्डसहित सचिवालयका ५ नेताले बालुवाटारमा पुगेर प्रधानमन्त्री ओलीलाई बैठक माग गर्दै दुईपृष्ठको पत्र बुझाएका थिए । सोही पत्रको जवाफमा ओलीले २७ गते प्रचण्डलाई पत्र लेखेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई जवाफी पत्र लेखेका छन् । ओलीले कात्तिक २५ मा पठाएको १० पन्ने पत्रको जवाफमा प्रचण्डले ७ पन्ने जवाफी पत्र लेखेका हुन् ।

शुक्रबार बालुवाटारमा बसेको सचिवालयको बैठकमा प्रधानमन्त्री ओलीलाई बुझाइएको जवाफी पत्रमा प्रधानमन्त्रीले दिउँसै रात पार्ने जाली एवं झुट कुरा गरेको प्रचण्डले बताएका छन् । हेर्नुहोस कार्तिक २९ गतेका मुख्य समाचारहरु :