कोरोनाले आज शताब्दीकै नामूद तथा खुंखार अपराधीलाई मार्यो

–रुद्र ढकाल (द हलोवाला)

आज उत्तरी बेलायतको योर्कसायर स्थित युनिभर्सिटी अफ नर्थ डरहाम अस्पतालमा एकजना खुंखार अपराधीको कोरोना भाईरसको निहुँबाट मृत्यू भएको समाचार छ। बीसौं शताब्दी कै खुंखार अपराधी कहलिएका तथा ” द योर्कसायरको रिपर (the Yorkshire Ripper)” को उपनामले चिनिने ती अपराधीको असली नाम भने पिटर सट्क्लिफ (कुनान्) हो। बिगत् धेरै वर्ष देखि जेल जिबन बिताईरहेका सट्क्लिफ (कुनान्) ले न् १९७५ देखि १९८० को ५ वर्ष भित्रमा लगातार १३ जना जवान आईमाईहरुको हत्या गरेका थिए। बेलायतका ७४ बर्षीय पिटरले लगातार रुपले ती होनाहार आईमाईहरुलाई बेश्यावृतिमा लागेको आशंकामा हत्या गरेको बताईएको छ। यसरी महिलाहरुको हत्या गर्दा अपराधीले ती आईमाईहरुमाथि निर्दयी किसिमले ह्यामर तथा पेचकस आदि घरेलु औजारहरुले निर्मम ढंगले प्रहार गरेका थिए।

पत्याउनै गाह्रो यस घटनाको अपराधीलाई त्यतिबेला पक्राउ गर्दा कतिले भने ती व्यक्तिको समर्थनमा प्रहरीको चर्को बिरोध समेत गरेका थिए। तर पछि सिरियल किलरको रुपमा अपराध स्वीकारे पश्चात् भने उनी बेलायतको उत्तरी भागमा अबस्थित दुराम काउन्टीको फ्रान्कल्याण्ड जेलमा बीसौं बर्ष देखि जेल जिबन बिताई रहेका थिए। यस अपराधलाई पत्ता लगाउनकोलागि बेलायतको प्रहरीलाई २५ लाख घण्टा लागेको थियो। अहिलेको न्युनतम ज्यालाको दरले मात्रै हिसाब गर्ने हो भने पनि नेपाली रुपैयाँमा करीब ३७.५ करोड खर्च भएको थियो।

द गार्जियन अन्लाईन न्युजपेपरका अनुसार ती अपराधीद्वारा मारिएका आईमाईहरु जम्मै १६ देखि ४२ बर्षका मात्रै थिए।

ती १३ जना महिलाहरुको नामावली विवरण यस प्रकार छ:

The 13 women Sutcliffe was convicted of murdering were:

1. Wilma McCann, 28, from Chapeltown, Leeds, who was killed in October 1975.

2. Emily Jackson, 42, from Morley, Leeds. Killed on 20 January 1976.

3. Irene Richardson, 28, from Chapeltown, Leeds. Killed on 6 February 1977.

4. Patricia Atkinson, 32, from Manningham, Bradford. Killed on 24 April 1977.

5. Jayne MacDonald, 16, from Leeds. Killed on 26 June 1977.

6. Jean Jordan, 21, from Manchester, who died between 30 September and 11 October 1977.

7. Yvonne Pearson, 22, from Bradford. Killed between 20 January and 26 March 1978.

8. Helen Rytka, 18, from Huddersfield. Killed on 31 January 1978.

9. Vera Millward, 40, from Manchester. Killed on 16 May 1978.

10. Josephine Whitaker, 19, from Halifax. Killed on 4 April 1979.

11. Barbara Leach, 20. Killed while walking in Bradford on 1 September 1979.

12. Marguerite Walls, 47, from Leeds. Killed on 20 August 1980.

13. Jacqueline Hill, 20. Killed at Headingley on 16 November 1980.

जे होस् कोरोनाले आज भने एउटा शताब्दिकै खुंखार अपराधी तथा पृथ्बीको ठूलो भारलाई मार्न सफल भएको भन्दै पिडित परिबार तथा बेलायतको नागरिक समाजमा नै खुशीयाली छाएको समाचार छ।
समाचारको श्रोत (द गार्जियन अन्लाईन):