धनकुटाका दुई महिला पक्राउ साढे पाँच किलो गाँ’जा सहित

स्कटनेपाल, । साढे पाँच किलो गाँ’जा सहित धनकुटाको दुई जना महिलालाई आज दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको सागुरीगढी गाउँपालिका ९ की ४० वर्षकी सीता राई र साँगुरीगढी गाउँपालिका १ की २० वर्ष की वविता राई रहेका छन् । प्रदेश १ प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई विराटनगरबाट पक्राउ गरेको हो ।

उनीहरुको साथबाट पाँच किलो, सात सय ग्राम गां’जा बरामद भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कञ्चनबारी चौकमा टेम्पोबाट झरेर पैदल हिँडिरहेको वेला ती दुई महिलालाई प्रहरीले पक्राउ गरेको हो । उनिहरुले बोकेको जेब्रा झोलामा पाँचवटा पोका बनाएर राखेको अवस्थामा गां’जा भेटिएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी नायव उपरीक्षक कबिन्द्र कार्कीले जानकारी दिनुभयो ।

ती दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको प्रहरीले जनाएको छ । उनीहरुले गाँजा कहाँ सम्म लिएर गएका हुन् भन्ने खुलेको छैन ।

– धनकुटा खबर ।