बिभिन्न ब्यक्तिलाई सम्मान गर्दै हरियालिको १५ औं साधारण समापन

मोरङ । सन्चारकर्मीलाई सम्मान, बिद्यार्थीलाई छात्रवृती तथा समूहको विभिन्न ब्यक्तिहरुलाई पुरस्कृत गर्दै मोरङको पथरीशनिश्चरे नगर स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको १५ औं साधारण सभा शनिबार समापन भएको छ ।

हरियाली वन संघीय वन मन्त्रालयले प्रदान गर्ने २०७६ सालमा वन ब्यबस्थापनमा देशभरका करिव २३ हजार सामुदायिक वनहरुलाई उछिन्दै राष्ट्र ब्यापी गणेशमान सिंह सामुदायिक वन प्रथम पुरस्कार जित्न सफाल भएको थियो ।

हरियालीलाई उत्कृष्ट बनाउन कलमको माध्यमबाट सहयोग पुर्‍याएकोमा ब्लाष्ट टाइम्स दैनिकको पथरी समाचारदाता, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) मोरङ जिल्ला अध्यक्ष दिनेश सुब्बा,
क्रेजी साप्ताहिकका साम्पादक/प्रकाशक नेपाल पत्रकार महासंघ मोरङको सहसचिव शन्तोष राईलाई सम्मान गरेको हो । पत्रकारद्वय लाई साम्मन पत्र र मायाको चिनो स्वरुप खुकुरीले सम्मान गरेका हुन ।

कार्यक्रममा उपभोक्ताको छोरीहरु वन बिज्ञान अध्ययनरत मनिका पाण्डे, आँखा स्वास्थ्य सम्बन्धि अध्यन गरेका चीना लिम्बूलाई जनही एक लाखको दरले छात्रवृत्ति प्रदान गरेका हुन ।

समितीका टोल प्रमुखहरु डम्बर श्रेष्ठ, तिर्थमाया सार्की, हेरालुहरु हर्कबहादुर राई, मंगलसिंह चेम्जोङ, जेष्ट नागरिक वीरबहादुर राई, गौरीप्रसाद रिजाल, धनमाया राईलाई २१ सयको दरले र सम्मान पत्रले सम्मान गरेका हुन ।

उद्घाटन कार्यक्रममा सन्चारकर्मीको टोलिले निर्माण गरेको वृत चित्र “हरियाली वन” हस्तान्तरण गरेका थिए । वृतचित्रको स्कृप्ट लेखन अर्जुन जम्नेली राई, निर्देशन शन्तोष राई, छायांकन करण धिताल र सम्पादन ईस्वर दुलालले गरेका हुन ।

कार्यक्रमको प्रमुख अतिथी पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राईले नगरपालिका हरियाली वनले ल्याएको पर्यटन सम्बन्धि कार्यक्रममा सहकार्य गर्ने बताए ।

कार्यक्रमको विशेष अतिथी सामुदायिक वन उपभोक्ता महासंघको १ नम्बर प्रदेश सचिव अग्नि पौडेलले सामुदायिक वन उद्यममुखी बन्नु पर्ने बताए । सामुदायिक वन पहिला संरक्षणमुखि भएपनी अब उपभोक्ता हरुलाई रोजगार दिने उद्यम मुखी हुनुपर्ने बताए ।

महासंघको मोरङ जिल्ला अध्यक्ष रामकृष्ण राईले महासंघको आन्दोलनको कारण तेहेरो कर हटाइएको बताए ।

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश अध्यक्ष अर्जुन जम्नेली राईले सामुदायिक वनहरुले काठ दाउरा प्राप्त गर्ने उपभोक्ताहरुको वितरण बार्षिक प्रतिबेदन र वन कार्यालयलाई बुझाउन थालिए थप पारदर्शी हुने दुझाव दिए । कार्यक्रममा सब डिभिजन वन कार्यालय पथरीका प्रमुख महोमद अलाउदिन लगायतले शुभकामना दिएका थिए ।

समूहको अध्यक्ष काबुलबहादुर मगरले प्रगति विवरण र भावी योजनाबारे बताएका थिए । कार्यक्रम सहसचिव रमेश दाहाल र लेखा संयोजक केसब दहाले सन्चालन गरेका थिए ।

साधारण सभाले तेश्रो कार्यकालको लागि अध्यक्षमा पुन काबुलबहादुर मगर (बिकास) सर्बसहमत निर्वाचित भएका छन ।

सचिवमा निर्मला चौहान, केशब दाहाल, सहसचिवमा सुमित्रा थाङदेन पनि सर्बसहमत चयन भएका छन । कोषाध्यक्षमा भने पुरानै दिलबहादुर तामाङ र बिष्णु बोगटीवीच निर्वाचन भएको छ । यो समाचार तयार पर्दासम्म मतदान भइरहेको थियो । सदस्यमा नौ वटा टोल समितिले सिफारिसमा आउने बताइएको छ ।

हरियालीले पर्यटन बिकासको लागि हरियाली सामुदायिक वन कम्पनी दर्ता गरि २० करोडको पहिलो किस्ता स्वरुप एक करोड सस्थागत शेयर रकम संकलन गरिसकेको छ । कम्पनिमा पथरीशनिश्चरे नगरपालिकाले समेत शेयर लगानी गरेको छ ।