सडक बन्द गरेर प्रचण्डका घरबेटीको बिरोध, कारवाही गर्न किन डराएको? मन्त्री वसन्त नेम्वाङलाई – सिधा कुरा जनतासंग (भिडियो हेर्नुहोस)

काठमाडौं , नेपाली पत्रकारितामा पछिल्लो समय चर्चाको चर्चामा रहेका छन् पत्रकार रवि लामिछाने । न्यूज २४ मा कार्यक्रम सिधा कुरा जनता सँगले उनको उचाई माथि पुराएको छ । जनता सँग सिधा सम्पर्क, भष्ट्चार अनि न्यायका लागि उनको आवाज धेरैको लागि आवाज बिहिनका लागि आवाज बनेको छ । भने भष्ट्रचारीहरुलाई पर्दाफास गर्दै उनी देश तथा बिदेशमा लाखौ दर्शकको नजरमा परेका छन् ।

आजको बिशेष सिधा कुरा जनतासंग मा : घरबेटीले अति नै गरे। सधैको धुलो र धुवाँले वाक्क सर्वसाधारणले बाटो नै बन्द गरिदिएका छन्। आफ्नो कामले भन्दा “प्रचण्डको घरबेटी” का नामले चिनिएका सैलुङ कन्स्ट्रक्सनका शारदा अधिकारीले अलपत्र पारेका संरचनाको नालीबेली सहित भौतिक पुर्वाधार मन्त्री वसन्त नेम्वाङ संग विस्तृत कुराकानी।

भिडियो हेर्नुहोस ।