प्रचण्डकै कारण पार्टीमा समस्या आएको ईश्वर पोखरेलको भनाई, नेकपामा अब के होला ? हेर्नुहोस कार्तिक १८ गतेका मुख्य समाचार

नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण पार्टीमा अहिलेको अवस्था आएको टिप्पणी गरेका छन् ।

बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक खालको सहमति गर्ने र खुमलटार र भैंसेपाटीमा गुटको भेला गरेर सहमति विपरीत अर्को काम गर्ने प्रवृत्तिका कारण पार्टी अप्ठेरो स्थितिमा पुगेको नेता पोखरेलको भनाइ छ । उपप्रधानमन्त्री पोखरेलले अध्यक्ष प्रचण्डको दोहोरो प्रवृत्तिका कारण पार्टी समस्यामा परेको धारणा राखे ।प्रधानमन्त्रीलाई छिर्के लगाउने अनेक ढंगले समस्या खडा गर्ने हो भने समस्या झन् झन् बल्झिने पोखरेलको टिप्पणी छ ।

अध्यक्ष प्रचण्डले गुटको भेला गर्ने र प्रधानमन्त्री समक्ष दवाव सिर्जना गर्ने हो भने एकीकरणले सार्थकता नपाउने नेता पोखरेलले बताए । हेर्नुहोस कार्तिक १८ गतेका मुख्य समाचार