आईटम गीतको भिडियोमा आलम

काठमाडौं । कालापानी, द मोष्टवाण्टेड लगायतका चलचित्रमा चरित्र अभिनेताको भूमिकामा देखिएका महमुद आलम ‘आईटम नेपाल के…’ बोलको मैथली आईटम गीतको म्युजिक भिडियोमा देखिएका छन् ।

शब्द ओमप्रकाश रोय, संगीत पारशमणी, स्वर पारशमणी र शोनीको रहेको भिडियोका निर्देशक राजु राजदेव चौधरी हुन् । छिन्नमस्ता फिल्मको प्रस्तुति रहेको भिडियोमा सम्पादन शीव थारु, छायांकन देवेन्द्र चौधरी, कोरियोग्राफर सञ्जय साहको रहेको छ । कलाकार आलमलाई अभिनयमा समिता गिरि लगायतकाले साथ दिएका छन् ।