क्रिश्चियनको प्रचार बन्द गर भन्दै थर्काए, हमालमाथि यस्तो आरोप

काठमाडौँ | केहि समय अगाडी बाट कान्तिपुर टेलिभिजनबाट प्रशारण हुँदै आएको कार्यक्रम ‘जातको प्रश्न’को निर्माता समता फाउन्डेसनले कार्यक्रम कुनै धर्मविरुद्ध नभएको र कुनै पूर्वाग्रह नराखिएको बताएको छ । अभिनेता राजेश हमाल प्रस्तोता रहेको ‘जातको प्रश्न’लाई क्रिश्चियन लगानीमा हिन्दुविरोधी कार्यक्रम गरेको भन्दै टिकाटिप्पणी र विरोध भएपछि समताले प्रष्टीकरण दिएको हो । तर यसको उदेश्य यस्तो नभएको प्रष्ट पारेको छ |

झट्ट पढ्दा सुन्दा सामान्य लाग्ने जातको प्रश्न हजारौं बर्षदेखि दलनले लपेटेको चित्कार आवाजसहित निरन्तर उठ्दै आइरहेको छ । तर उत्तर अहिलेसम्म न धर्मको पुलिन्दा घोट्ने पण्डितहरूले दिन सके, न जातीय व्यवहार गर्ने मान्छेहरूले दिन सके, न राज्य सत्ताले नै दिन सकेको छ । तर प्रश्न निरन्तर उठिरहेको छ । यो गम्भीर सामाजिक सहअस्तित्वको प्रश्न हो । जहाँ मान्छेको स्वाभिमान र सहअस्तित्व जोडिएको छ ।
हेर्नुस यसै बिषयमा पछिल्लो समयका चर्चित व्यक्तित्व पुण्य गौतमले यस्तो भनेका छन् ?