राजेश हमाल र जातीय छुवाछूतको प्रथा वा चलन !

डा ए पोख्रेल ।,

१. राजेश हमाललाई कसैले राम्रो तलब दिए होला, अनि कार्यक्रम सञ्चालन गरे होलान् । यत्ति त होला ? तर, नेपालीहरु पैशा प्राप्त हुने सर्तमा, जहाँ जे पनि गर्ने गराउने गर्छन्, त्यो सामान्य हुँदै आएको छ केही दशक देखि ।

२. उनले के कुरा सोचेर त्यो कार्यक्रम (जात को प्रस्न ?) सञ्चालन गरेका होलान् भन्दा पनि, त्यो कार्यक्रमले समाजमा कस्तो प्रभाव पार्छ भन्ने मुख्य कुरा हो ।

३. कम्तीमा पनि यो जात भातको विभेद हटाउने तीर जानु आवश्यक छ राज्य स्तरबाट । जस्तो दमाई, कामी, नेपाली, बाहुन र क्षेत्रीहरु देख्दानी उस्तै हुन्छन् । तिनीहरूको बीचमा विभेद तुरुन्त हटाउने राम्रो निर्णय गर्नु पर्छ राज्यले । यसै गरी अन्य समुहको हकमा पनि । तर बाहुन र मगर वा राई, लिम्बु, तामाङ, गुरुङहरु देख्दा नै फरक रहेको हुँदा, त्यो कुराको विषयलाई फेरि अर्को ढंगको परामर्श वा बाटोबाट कम गर्दै जानु पर्ने देखिन्छ ।

४. तराईतिर पनि यादव, झाहरु तथा अन्यहरू बीचको विभेदलाई पनि राज्यको एउटै निर्यण ले हटाउने तीर लाग्नु पर्छ । ताकि केही वर्ष भित्र हटेर जाओस ।

५. यो प्रकारको गम्भीर जातीय छुवाछूतको समस्यालाई राज्यले छिटो निराकरण नगरेसम्म यसको नाममा यहाँ अनेक खेल चलिरहेको हुनेछ । राज्यले काम सुरु गरोस्, उपाय निकालोस् ।
अस्तु ।
ए पोख्रेल ।