कोरोना संक्रमित तातो सडकपेटीमा (भिडियो रिपोर्टसहित)

टेकु अस्पतालले दिएको कोरोना पजिटिभको रिपोर्ट झोलामा छ । आँखा सुन्निएका छन् । फोक्सो नै फुट्ला जसरी खोक्छन् । सास फेर्दा घरघर आवाज आउँछ । ६२ वर्षीय सोमबहादुर लामा आइसियूमा स्वास्थ्यकर्मीको निगरानीमा हुनुपथ्र्यो, तर घामले तात्तिएको सडक किनारमा भेटिए ।

राजधानीको गौशाला र पुरानो बानेश्वरबीचको बत्तीसपुतली सडक । आइतबार मध्याह्न १२ बजेको चर्को घाम । कालो ज्याकेट, निलो जिन्स पाइन्ट लगाएका सोमबहादुर लामा सडकपेटीको फुटपाथमा बसिरहेका छन् । काँधमा कालो झोला छ, झोलाभित्र कोभिड पजिटिभ भन्ने रिपोर्ट छ । – नया पत्रिका बाट साभार : 
पुरा भिडियोमा हेर्नुहोस !