घना जंगलको बीचमा एउटा घर र एउटा जोडी (भिडियो सहित)

जंगलको बीचमा एउटा घर, एक परिवार । घरमा ९२ वर्षका रातेबुढा भनेर चिचिने चित्रबहादु गुरुङ र उनी श्रीमती कालीमाया । गाउँमै कोही छैन, तर रातेबुढा र कालीमायाको यो जोडीले एकल महशुस गरेका छैनन् । आफ्नै सन्तान समेत छैनन् । तर भारतीय हवल्दारका रिटायर रातेबुढा जोश फौजी स्वभावकै छ ।रसिला कुरा गरेर मख्ख पार्ने राते बुढा समसामयिक विषयमा मज्जाले गफिन्छन् । जवानीका कुरा सम्झेर मख्ख पर्छन् । श्रीमतीसँग जिस्किन्छन् । कालीमाया लजाउँछिन् ।तनहुको व्यास नगरपालिका स्वतिस्वाँरा गाउँ यो जोडीको कथा यस अघिको हाम्रो भिडियोमा पनि छ । तर यसपालीका कथा अलि फरक छ । सन्तान नभएपछि कुकुरको साहारा लिएको यो जोडीको अहिले एउटा मात्र कुकुर छ । कुकुर र राते बाको भाषा मिल्थ्यो, कुकुरले फोन आएको समेत सूचना दिन्थ्यो । यस्तै यस्तै सुख दुःख चलिरहेको थियो ।

यो जोडीको सन्तान नभएको पछुतो छैन, आफन्तले बजार बस्न गरेको आग्रह ठाडै नकार्छन् । पेन्सनवापतबाट आएको रकम सामाजिक काम गर्छन् । अरुको दुःख देख्न सक्दैनन्, गासै काटेर सहयोग गर्छन् । लोभ, लालच, साहारा विनाको यो जोडीले सकेसम्म गाउँको विकास गर्ने, त्यहाँबाट सहर छिरेकालाई फर्काउने प्राण रहेसम्म प्रयास गर्ने बताउँछन् ।
बाकी भिडीयोमा |