‘हृदयको आवाज’मा रोमाण्टिक मुडमा देखिए अभिषेक र दिपिका ( भिडियो )

दशैँको कोशेली स्वरूप गायक दाउत राई र गायिका दिपा लामाको स्वरमा रहेको ‘हृदयको आवाज’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।

माया प्रेमको चर्चा गरिएको यस गीतमा शब्द अमर बान्तुको रहेको छ भने गीतलाई स्वयम् गायक दाउत राईले नै संगीतवद्द गरेका हुन्। गीतमा उदय राज पौडलको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा अभिषेक श्रेष्ठ र दिपिका लामा ब्लोन बिचको प्रेम र रोमान्स देख्न सकिन्छ। प्रदिप बस्नेतले सम्पादन गरेको यस भिडियोलाई निर्देशक देव जंग थापाको छायांकन र निर्देशनमा तयार पारिएको हो। भिडियो गायक राईको अफिसिएल च्यानल ‘दाउत राई’ मार्फत सार्वजनिक गरिएको छ ।

कोरना कहर विच निकै मेहेनत साथ तयार पारिएको यस भिडियोलाई साथ , सपोर्ट र माया गरिदिन सम्पुर्ण दर्शक स्रोता र मिडिया हाउसलाई निर्माण टिमले आग्रह गरेका छन्।