इनाक्षी इन्टर्टेन्मेन्टको पहिलो करोड क्लबमा प्रवेश गर्ने गीत बन्यो ‘मिनरल वाटर’

काठमाडौं : इनाक्षी इन्टर्टेन्मेन्टको प्रस्तुतीमा सार्वजनिक भएको ‘मिनरल वाटर’ बोलको गीत करोड क्लबमा प्रवेश गरेको छ । करिब एक महिना अगाडि सार्वजनिक उक्त गीत छोटो समयमानै करोड क्लबमा प्रवेश गरेको हो ।

भिम बिष्टको शब्द संगीतमा तयार भएको गीतमा भीम बिष्ट, जिबेश गुरुङ, एलीना चौहान र रचना रिमालको स्वर रहेको छ ।

इनाक्षी इन्टर्टेन्मेन्टको प्रस्तुतीमा सार्वजनिक भएका गीत मध्य ‘मिनरल वाटर’ पहिलो पल्ट करोड क्लबमा प्रवेश गरेको हो । पछील्लो समय इनाक्षी इन्टर्टेन्मेन्ट बाट सार्वजनिक सम्पूर्ण गीतहरु चर्चाको सिखरमा पुग्ने गरेका छन । इनाक्षीबाट सार्वजनिक लगभग सबै जसो गीतहरुले ट्रेन्डिङमा उच्च स्थान हासिल गर्दै लाखौं दर्शक/स्रोताहरुको मन जित्न सफल भएका छन ।

इनाक्षीले सकेसम्म दर्शकको चाहना र रुचिको गीतहरु प्रस्तुत गर्ने भएर नै आफ्ना प्रस्तुतिहरुलाई दर्शक/स्रोताहरुले मन पराएको संचालक राम कण्डेलको भनाइ छ । यस्तै अर्का संचालक दिपक सापकोटाले छोटोसमयमा नै धेरै दर्शक/स्रोताको माया पाउदा आफुहरुलाई निकै हौसला मिलेको र भविश्यमा पनि यस्तै सांगितिक कोसेलीहरु मार्फत गीत संगीतको उत्थानका लागि लागिपर्ने बताउनु भयो । इनाक्षी बाट यही असोज १४ गते ‘जाले रुमाल’ बोलको गीत सार्वजनिक हुँदै छ । जुन गीतमा पल शाह, रियासा दाहाल, संगै कार्टुन क्रुका सरोज आश्मालाई देख्न सकिन्छ ।