आज भद्रगोल र सक्किगोनि बाट चर्चामा आएका अर्जुन धिमिरे उर्फ पाडेबुढोको जन्म दिन, क-कस्ले दिए कस्तो शुभकामना, (भिडियो सहित)

काठमाडौं । भद्रगोल, सक्कीगोनी, लगायतका लोकप्रिय हाँस्यशृखलामा काम गरेर चर्चा कमाएका लोकप्रिय हाँस्यकलाकार अर्जुन घिमिरे पाँडेको आज जन्मदिन परेको छ ।

जन्मदिनको अवसरमा उनलाई विहानैदेखि आफन्त शुभचिन्तक र र्शसकहरुले शुभकामना दिइरहेका छन् । असोज ९ गते नुवाकोटको ओखरपौवा गाविस वडा नं ४ मा जन्मिएका उनि पछिल्लो समय नयाँ हास्यश्रृंखला सक्किगोनीमा ब्यस्त mरहेका छन् ।

निरन्तरको लगनशिलताका कारण उनको अभिनयलाई धेरै दर्शहरुले रुचाएका छन् । सक्किगोनीमा पाँडेले लेखन, निर्देशन र अभिनयको भूमिका निर्वाह गरेका छन् ।

जन्मदिनको अवसरमा पाँडेलाई शुभकामना दिँदै चर्चित कलाकार तथा निर्माता निर्मल शर्मा गैँडाले भनेका छन् लोकप्रिय सर्वप्रिय कलाकार लेखक तथा निर्देशक अर्जुन घिमीरे भाईलाई जन्मदिनको मंगलमय शुभकामना ३ जयहोस ।

भिडियोः