हास्य टेलिशृङ्खलामा भोजराज थापाको दमदार अभिनय,चिबे र कोपाको “हास्नु हुन्न है” भाग-७ हेर्नुहोस (भिडियो सहित)

हास्य टेलिशृङ्खला हास्नु हुन्न है भाग सात सुपर अनलाइन टिभि मार्फत सार्बजनिक गरिएको छ । भोजराज थापाले समेत अभिनय गरेको श्रृङखलाले हसाएर भुतुक्कै पार्छ । पत्रकार तथा समाजसेवी भोजराज थापा पछिल्लो समय राम्रा राम्रा काम गरेर सबैमाझ लोकप्रिय बनेका छन । साच्चै भन्ने हो भने गरिब अनि दुखीका भगवान बनेर आएका छन । माइक्रोलिन्क मुभी मिडियाका संचालक समेत रहेका भोजराज पत्रकारितामा मात्रै नभएर बहु प्रतिभाका धनी समेत रहेका छन । हास्नु हुन्न है नामक सिरियलमा विशेष भुमिका निर्बाह गरेका भोजराजको अभिनयको सबैले तारिफ गरेका छन ।

पुर्बबाट तयार गरिने श्रृङखलालाई कलाकार समीर सुवेदी (चिबे बूढो) अनि आइन्द्र लिम्बू (कोपा) द्वारा लेखन निर्देशन गर्छन । झापा मोरङ तथा इलाममा सुटिङ हुने गाउले परिवेशमा तयार गरिएको हास्नु हुन्न है हेर्दा आफ्नै गाउँ घरकै कथा पाइन्छ अनि हेर्दा छुट्टै आनन्द आउँछ । यश टेलिसिरियलमा कलाकारहरु आइन्द्र लिम्बू (कोपा) र समीर सुबेदि (चिबे) लगायत अन्य कलाकारहरुमा श्याम गिरि, बि पि भट्टराई, सिला उप्रेती (बोजु) सुजन ढकाल,गणेश भट्टराई, टिकटकमा निकै चर्चामा रहेकी सलु पोख्रेल तथा अन्य धेरै कलाकारको अभिनय देख्न सकिनेछ । यस टेलि शृङ्खलामा कलाकार बन्ने सपना बोकेका अनि कला भएर पनि लुकेर रहेका प्रतिभाहरुलाई स्थान दिने योजना रहेको कलाकार तथा निर्देशक आइन्द्र र समिरले बताए ।

आफुहरु पनि कलाकारीतामा ठूलो सपना बोकेर बिगत दस बर्षदेखि संघर्ष गरिरहेको बताए । यश हास्य टेली श्रृङखला लाई सुपर अनलाइन टिभि मार्फत सार्बजनिक गरिएको छ ।सम्पूर्ण दर्शकको सल्लाह सुझावलाई मध्यनजर गर्दै भरपुर मनोरन्जन दिने प्रयास रहेको निर्देशक समीर सुवेदी चिबे र आइन्द्र लिम्बू कोपाले बताएका छ्न । नाम हास्नु हुन्न है भएपनी पेट मिचीमिची हसाउने छ तलको भिडियोमा हेर्नुहोला हासेर भुतुक्कै हुनुहुनेछ |