कुलमानको कार्यकाल भोली सकिदै, नेताहरुको कुरा नमिलेर निणर्य हुने सकेन ! अब के होला ? हेर्नुहोस भदौ २७ गतेका मुख्य समाचार

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतबार सकिँदैछ । तर सरकारले कुनै निर्णय नगर्दा अन्यौल बढेको छ ।

शुक्रबार यतिबेलासम्म पनि सरकार प्राधिकरणमा कस्लाई कार्यकारी निर्देशक बनाउन चाहन्छ भन्ने केही खुलेको छैन । योसँगै घिसिङको पुनर्नियुक्ति हुनेमा पनि अन्यौल बढेको छ । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका घिसिङको चार वर्षे कार्यकाल भदौं २८ मा सकिँदै छ ।

प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र उर्जा मन्त्री वर्षमान पुनका अलग अलग स्वार्थ रहेकाले अहिलेसम्म पनि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया अघि बढाउन नसकेको हो । यो संगै आज भदौका २७ गतेका मुख्य समाचारहरु तलको भिडियोमा हेर्नुहोस :