नेपालमा पहिलो पटक सशुल्क सब्सक्राइब प्रणाली शुरु,  अन्लाईनमा समाचार हेर्न, पढ्न पैसा लाग्ने

विनोद भुसाल


काठमाडौं । अर्घाखाँची मिडिया हाउस प्रालीले आफ्नो नेपाली अन्लाईन संस्करण अर्घाखाँची डट्कमलाई सशुल्क (पेड) सब्सक्राइबमा शुरुवात गरेको छ ।

प्रालीले आफ्नो नेपाली अन्लाईन संस्करण अर्घाखाँचीडट्कमलाई डिजिटल सशुल्क (पेड) सब्सक्राइब प्रणालीमा  शुरुवात गरेको हो । योसँगै पत्रीका किनेर पढे जस्तै अर्घाखाँची डट्कमका समाचार सामाग्री हेर्न, पढ्न मार्सिक रुपमा पैसा लाग्नेछ । योसँगै नेपालको ईतिहासमा अर्घाखाँचीडट्कमले पहिलो पटक सशुल्क (पेड) सब्सक्राइब प्रणाली शुरुवात गरेको छ ।

नयाँ सशुल्क (पेड) सब्सक्राइब प्रणाली  अन्तरगत नेपालका ग्राहकले मार्सिक २ सय रुपैया र बाहिरका ग्राहकले ३ डलर तिरेर सब्सक्राइब गर्न सक्नेछन् ।

डट्कमले भविष्यमा स्वतन्त्र, निर्भिक, खोजमुलक एवम व्यावसायिक पत्रकारिता निरन्तरता दिनका लागि तथा विज्ञापन राजस्व गिरावट – संकट परेको, गुणस्तरीय पत्रकारिताको संरक्षण गर्नका लागि सशुल्क (पेड) सब्सक्राइब प्रणालील्प शुरुवात गरेको हो ।

भविष्यमा स्वतन्त्र, निर्भिक, खोजमुलक एवम व्यावसायिक पत्रकारिताको स्थिरता सुनिश्चित गर्न  सशुल्क (पेड) सब्सक्राइब प्रणाली शुरुवात गर्ने योजना अनुसार  पाठक, दर्शक तथा स्रोतालाई सधैं आफ्नो मार्गदर्शकका रुपमा लिने डट्कमले प्रकाशन एवम् प्रसारण गर्ने सामग्री सत्य, तथ्य, निष्पक्षमा आधारित रहेर निर्माण गर्नेतर्फ यस संस्थामा आबद्ध सबैको दृढ संकल्प छ । २ दशकदेखि डट्कममा एक दर्जन बढी पत्रकारले निशुल्क सहयोग गर्दै आएका थिए । भोकै, निशुल्क गर्न नसक्ने, विज्ञापन पनि नआउने र अन्य आर्थिक स्रोत नभएकोले सानो रकम २०० रुपैया लिने गरि सशुल्क सब्सक्राइब प्रणाली शुरुवात गरेको डट्कमले बताएको छ ।

सन् १९९९ सालदेखि ब्लग र सन् २००६ साल देखिको www.arghakhanchi.com मार्फत अन्लाईन संस्करणलाई निरन्तरता दिदै आएको डट्कम नेपालको पहिलो नेपाली भाषामा अन्लाईन संचार-संस्था हो । डट्कमका दैनिक ७० देखि ८० हजार बढी नियमित पाठक छन् ।