कपिलवस्तुमा कारोना संक्रमणबाट एक पत्रकारको मृ*,’त्यु

मनोज श्रीवास्तव
कपिलवस्तु, २३ भदाै। कोरोना संक्रमणका कारण यहाँका पुराना पत्रकारको मृत्यु भएकोछ । सोमबार दिउँसो अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाइ उपचारका लागि तौलिहवास्थित जिल्ला अस्पताल लगिएको थियो । उनको अस्पतालमै मृत्यु भएको हाे ।

६२ वर्षे पत्रकार ५ महिनायता मृर्गौलाको नियमित डाईलासिस गराउँदै आएका थिए । उनी उच्च रत्तचाप र मधुमेहका बिरामी पनि थिए । भाद्र ८ गते उनको परिवारमा एक जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । ११ गते परिवारका ८ जनाको स्वाब संकलन गरिएको थियो । उनको पिसिआर रिपोर्ट ताकेता गरेर मगाइएको थियो । मृत्युपछि उनको रिपोर्ट पोजेटिभ आएको प्रजिअ दीर्घनारायण पौडेलले बताए ।

परिवारका अन्य सदस्यकाे भने रिपोर्ट आएको छैन । २ दशक अघिदेखि उनी सञ्चारकर्ममा सक्रिय थिए । पत्रकार महासंघ जिल्लाका पूर्व उपाध्यक्ष तथा पत्रकार महासंघका केन्द्रीय पार्षद थिए । जिल्लामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु हुन पुगेकोछ ।
– news24nepal