बिष्णु माझीले २ लाख लिएर गाएको दोहोरी गीतमा पल शाह र एलिजा गौतम

नेपाली लोक दोहोरी क्षेत्रमा पछिल्लो समय सबैको मन मुटुमा बस्न सफल लोकप्रिय गायिका बिष्णु माझी र अमेरिकामा बस्दै आउनु भएका लामो समय देखि निरन्तर दोहोरी क्षेत्रलाई स्थान दिदै आउनु भएका अग्रज गायक पवन ओलीले आवाज दिएको लोकदोहोरी गीत ‘धानै कुट्ने ढिकी’ बजारमा आएको छ।

सुपरहिट नायक पल शाह र नायिका एलिजा गौतमले अभिनय गरेको उक्त गीतको म्युजिक भिडियोमा लोकप्रिय निर्देशक शिब बिकले निर्देशन गरेका छन।गीतको छायांकन भने अर्जुन तिवारीले गरेका छन।पवन ओलिलेनै शब्द तथा संगीत गरेको उक्त गीतको म्युजिक भिडियोमा झन्डै ७ लाख लगानी भएको निर्माण टिमले बताएको छ।एलिजा गौतमलाई दोहोरीमा पनि निरन्तर देखिन थालेको छ ।