पर्यटकको पर्खाइमा फेवातालका डुंगा (भिडियो सहित)

सुरेश हमाल

पोखरा । बिश्वभर कोरोना महामरी छ । यसको असर पछिल्लो समय नेपालमा पनि बढ्दो छ । यसैक्रममा पोखराको फेवाताल पनि अछुतो रहने कुरै भएन । सधै भरिभराउ हुने फेवातालका डुंगा यतीबेला सुनसान पर्यटकको प्रतिक्षामा बसिरहेका छन् ।

साङ्लोले बाधेर राखिएका डुंगामा भरिएको पानी अनि फेवातालका लेउ जलकुम्भी फालेर डुंगा व्यवसायी बसिरहेका छन् ।

डुंगा सञ्चालनमा आए पनि पहिलेकै अवस्थामा फर्किन भने लामो समय लाग्ने देखिन्छ ।जसका कारण डुंगा चलाएर जिविका चलाउदै आएका डुंगा व्यवसायी र चालकहरूको अवस्था नाजुक हुदैँ गएको छ ।

अहिले फेवातालमा झण्डै ८ सय डुंगा सञ्चालनमा छन् । यसमा ४ सय डुंगा व्यवसायी स्वरोजगार छन् भने झण्डै २ सयको संख्यामा चालक छन् ।

बाँकि हिमालय दैनिकले फेवाताल छेउछाउमा तयार पारेको भिडियो सामाग्री हेर्नुहोस्