कुन कुन भिआइपीलाई देखियो कोरोना ? परिक्षा के हुने भयो ? हेर्नुहोस भदौ १६ गतेका मुख्य समाचारहरु

सरकारले नोवेल कोरोना भाइरस (कोभिड-१९) का कारण स्थगित परीक्षा भदौ महिनाभरी सञ्चालन गर्न नपाइने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले ‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन’ १ असोजबाट मात्रै गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

यसअघि ५ साउनमा १ भदौबाट र २६ साउनमा १६ भदौबाट परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्न दिने निर्णय गरेको थियो । कोभिड-१९ संक्रमित र मृतकको संख्या बढ्दै गएपछि सरकारले विद्यार्थी भर्ना गर्ने मिति सारेको हो । यो संगै आज भदौ १६ गतेका मुख्य समाचारहरु तलको भिडियोमा हेर्नुहोस |