राम मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न

देवकी न्यौपाने
काठमाडौं, भाद्र १४ । गोकर्णेश्वर नगरपालिकास्थित राम मन्दिर परिसरमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार नेपाल रेडक्रस सोसाइटी केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न उक्त आकस्मिक रक्तदान कार्यक्रमबाट ३२ पिण्ट रगत संकलन भएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं.– ५ र ६ का वडा अध्यक्ष नारायण सुवेदी, रमेश अर्याल, चामुण्डा क्षेत्र विकास समितिको अध्यक्ष विमलमान श्रेष्ठ, धुब्र सुवेदी, ब्लोडानका केन्द्रीय सदस्य बालकृष्ण श्रेष्ठ, ब्लोडान गोकर्णेश्वर नगर समितिका सदस्यहरू उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा ब्लोडान गोकर्णेश्वर नगर समितिका अध्यक्ष गोविन्द काफ्लेले सम्पूर्ण रक्तदाताहरू, नेपाल रेडक्रस सोसाइटी केन्द्र, ब्लोडान गोकर्णेश्वर नगर समितिका सदस्यहरूलाई आभारसहित धन्यवाद व्यक्त गर्नुभयो ।